गाउँपालिकालाई ३९ नगरपालिकालाई ४३ तथा उपमहानगरलाई ६३ करोड सम्म बजेट

पोखरा न्युज –

आगामी आर्थिक बर्ष  २०७४/०७५  का लागि सरकारले एउटा गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९ करोडको बजेट छुट्याएको छ ।

सोमबार संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले गाउँपालिका संगै  नगरपालिकाले न्यूनतम १५ करोडदेखि ४३ करोडसम्म , उपमहानगरपालिकाले न्युनतम ४० करोडदेखि अधिकतम ६३ करोडसम्म केन्द्र सरकारबाट अनुदान पाउने  घोषणा गरेका हुन् ।

त्यस्तै गरि अर्थमन्त्री महराले  महानगरपालिकाले कम्तिमा ५६ करोडदेखि अधिकतम १ अर्ब २४ करोडसम्म अनुदान पाउने  घोषणा गरे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button