बिहेको डेढ महिनामै श्रीमतीको हत्या – हत्या गरि आफैंले खाडल खनि पुरे

४ फागुन-

धनगढी उपमाहागरपालिका जुगेडाकी अञ्जली सिंहले डेढ महिना अघि मात्र गाउँकै हिम्कतबहादुर सिंहसँग भागी विवाह गरेकी थिइन् । तर, जसलाई उनलाई आफ्नो बनाइन्, उनैले अञ्जलीको ज्यान लिएका छन् ।

जुगेडाकी हिक्मत र अञ्जली प्रेममा रहेका साथीहरुमार्फत नजिकिएका थिए ।

झण्डै तीन महिनाको प्रेम सम्वन्धपछि उनीहरुले गत पुस ८ गते भागी बिहे गरे ।

शारदा मावि जुगेडामा ९ कक्षामा पढ्दै गर्दा १६ बर्षीया अञ्जली २२ बर्षीय हिक्मतसँग नजिक हुन पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर, बिहे अघि उनले पढाइ छाडिसकेकी थिइन् ।

हिक्मत नेपाली सेनामा भर्तीका लागि ८ महिना तालिम गरेपछि निकालिएका थिए । लागू औषध सेवन गरेको भेटिएपछि उनी सेनामा भर्ती हुन सकेनन् ।

भागी बिहे गरेकाले माइती पक्षले स्वीकार गरेको थिएन । तर, कुराकानी चलिरहेको थियो । हिक्मत र अञ्जली भने परिवारसँग छुटि्टसकेका थिए ।

हिक्मतले प्रहरीलाई दिएको बयान अनुसार उनीहरुको परिवार ठीकै चलिरहेको थियो । तर, अञ्जलीको नियमित माहिनावारी नभएको विषयलाई लिएर विवाद सुरु भयो ।

अञ्जलीले आफ्नो ४/५ महिनामा एक पटक मात्र महिनावारी हुने समस्या रहेको बताइन् । हिक्मतले पत्याएनन् । उनले उल्टै अञ्जलीमाथि शंका गर्न थाले । उनले अरु कसैको गर्भ बोकेर आफूलाई धोका दिएको मससुस गर्न थाले ।

हत्या गरेर आफैंले खाल्डो खनेर पुरे

डीएसपी वीरबहादुर बुढामगरका अनुसार हिक्मतले अञ्जलीको हत्या गरेको स्वीकार गरेका छन् ।

उनले प्रहरीलाई दिएको बयान अनुसार हत्या माघ २७ गते मध्यरातमा भएको हो । उनले त्यही दिन विहान मात्र आफ्नी पत्नीको हत्या गर्ने योजना बनाए । राति करिव १ बजेतिर सुतिरहेकी श्रीमतीमाथि आक्रमण गरे । उनले प्रहरीलाई दिएको बयान अनुसार जुटको डोरीले घाँटी कसेर मारेका थिए । हत्यापछि घरबाट करिव ५० मिटरपर बासघारीको खोल्सामा खाडल गरेर शवलाई पुगे ।

घटनापछि उनी घरमै आएर सुते । विहान अरुले सोध्दा कतै गएको होला भने । तर, ९/१० बजेसम्म पनि अञ्जली नदेखिएपछि अरुले खोजी गर्न थाले । उनी पनि खोजी गरे झैँ गरिरहे, ताकि हत्याबारे कसैलाई शंका नहोस् ।

परिवारका सदस्यले अर्को दिन मात्र माइतीमा खबर गरे । अञ्जलीको माइतीमा मात्र मात्र छिन् । त्यसैले ठूलो बुबाका छोरा आए र हिक्मतसकै साथी भएकाले मिलेर सँगै खोजे ।

अञ्जली नभेटिएपछि माइती पक्षले प्रहरीमा उजुरी दियो । र, उनीहरुले केटामाथि शंका गरे ।

लगतै प्रहरीले उनको घर परिपरि खोजविन गर्ने क्रममा खाल्डो खनेको भेटियो । त्यहाँ उल्लखन गरेर हेर्दा अञ्जलीको शव भेटिएको प्रहरीले बताएको छ ।

अञ्जलीको शव पोस्टमार्टमका लागि पठाइएको छ भने हिक्मतले अपराध स्वीकार गरिसकेका छन् ।

स्रोत – अनलाइन खबर 

read more at         https://www.onlinekhabar.com/2017/02/543059/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button