पोखरान्युज डटकम, पोखरा –
गोरखामा बुधवार आफै चढेको ट्याक्टरले किच्दा एक युबकको मृत्यु भएको छ ।
गोरखा पालुङटार स्थित पौवाटार घर भएका बर्ष २१ का सुरज कुमालको ट्याक्टरवाट झर्ने क्रममा पाङग्राले किच्दा मृत्यु भएको हो ।
गोरखा जिल्लाको पालुङटार स्थित पौवाटार बाट डुम्रे तर्फ जादै गरेको ना ५ त ४४९५ नं को टयाक्टर किच्दा कुमाल गम्भिर घाईते भएका थिए । बुधवार बिहान ८ बजे बजेको समयमा घाइते भएका कुमाललाइ उपचारको लागि डुम्रे तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।