७ दशमलब २ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सहित बजेट

पोखरा न्युज –

सरकारले आज प्रस्तुत गरेको आगामी आवको बजेट कार्यान्वयनबाट आर्थिक क्रियाकलापमा उल्लेख विस्तार भई ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्रीमन्त्री कृष्णबहादुर महराले आज आगामी आवको बजेट प्रस्तुत गर्दै मुलुकमा आर्थिक परिचालनमा उल्लेख्य प्रगति भई तीव्र आर्थिक विकास हुने जिकिर गर्नुभयो । उहाँले बजेट प्रस्तुत भएपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति र आपूर्ति प्रणालीको सुदृढीकरणबाट मुद्रास्फीति ७ प्रतिशतमा सीमित हुने उल्लेख गर्नुभयो ।

बजेटले सामाजिक सुरक्षा तथा मानव विकासका सूचकमा उल्लेखनीय प्रगति हुने विश्वास लिएको छ । बजेटको कार्यान्वयनबाट थप एक लाख स्वरोजगार र चार लाख नयाँ रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको अर्थमन्त्री महराले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button