पोखराको लेकसाइडमा आगलागी हुदाँ करोडौको क्षति

गणेश बराल ,पोखरा-

पोखरा लेकसाइडको बाराही चोक स्थित ट्राइ स्टार होटल एण्ड क्याफेमा आगलागी भएको छ ।  मंगलबार राति भएको आगलागी वाट क्याफे पूर्णरुपमा जलेर क्षति भएको छ । क्याफे सहित तल्लोतलामा रहेको सनराइज बैंकको एटिएम काउन्टर , ट्राइ स्टार मनि चेन्जर, हिल्सवे ट्रेक्स,  रहेको स्थानमा  पूर्ण क्षति पुगेको छ भने क्रस रिभर राफ्टिंगमा समेत क्षति पुगेको छ । आगलागी वाट करोडौंको क्षति पुगेको बताइएको छ ।

राति लगभग  १० : १५  बजे सुरुभएको आगलागी १२ : २० मा मात्रै नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पोखरा एयरपोर्टका २ र पोखरा उपमहानगरपालिका १ गरि  तीन वटा दमकल प्रयोग गर्दा समेत आगो नियन्त्रणका नआएपछी  ट्यांकरबाट पानि ओसारी आगो नियन्त्रणमा लिइएको प्रहरीले बताएको  छ  । आगलागी सुरुमा किचनको एक  ग्यास सिलिन्डर बाट सुरु भएको र पछी क्याफेका बाकी  सिलिन्डर पड्किएपछि आगलागीले उग्ररुप लिएको बताइएको छ । क्याफेमा सजावटको लागि अत्यधिक मात्रामा काठको प्रयोग गरिएकोले आगो सजिलै फैलिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार क्याफेका संचालक  धर्मेन्द्र कुमार बाटाजू आगलागीको घटना  पश्चात अस्वस्थ बनेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

आगोलागीबाट भवन  अगाडी राखिएका  २ वटा मोटर साइकल सहित भौतिक सामग्री जलेका छन् भने क्याफे पछाडीको होटलको कोठामा क्षति पुगेको छ । आगलागी हुनासाथ क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला र  वडा प्रहरी कार्यालयका प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगाएतका सुरक्षाकर्मी तथा सर्वसाधारण घटनास्थलमा पुगि आगो नियन्त्रणमा खटिएका थिए। आगोलागी कसरी सुरुभयो र कति क्षति भयो भन्ने बारे यथार्थ जानकारी भने  आइनसकेको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button