पोखरामा क्षेत्रिय ह्याण्डबल सुरु

पोखरा-
पुर्वाञ्चलमा आयोजना हुने सातै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चल स्तरिय ह्याण्डबल प्रतियोगिता सोमबार बाट पोखरामा सुरु भएको छ ।

सोमवार सम्पन्न खेलमा कास्कीले नवलपरासीलाई ४ का विरुद्ध २० गोलले पराजित गर्दै कास्कीले ३ अंक प्राप्त गरेको छ । त्यसै गरि अर्को खेलमा रुपन्देही र वागलुङ्ग ९–९ गोल गर्दै समान १–१ अंक वांडेका छन ।

शसस्त्र प्रहरी ह्याण्डबल खेल मैदानमा सुरु भएको खेलको नेपाल ह्याण्डबल संघका केन्द्रिय उपाध्यक्ष मोहन रेग्मीले उद्घाटन गरेका थिए भने कार्यक्रमको अध्यक्षता क्षेत्रिय ह्याण्डवल छनौट समीतीका संयोजक एवम संघका केन्द्रिय सचिव केशव पाठकले गरेका थिए । छनौट प्रतियोगितामा पाँच जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button