नेपाल इन्जीनियरिङ्ग एसोसियसन पोखरा केन्द्रमा लोकतान्त्रिक समुह विजयी

पोखरा –

पोखरामा सम्पन्न नेपाल इन्जीनियरिङ्ग एसोसियसन पोखरा केन्द्रको नवौ  कार्यसमितिको निर्वाचनमा लोकतान्त्रिक समुह विजयी भएको छ ।

loktantrantrik-sangh

निर्बाचनवाट अध्यक्षमा लोकतान्त्रिक समुहका इन्जीनियर ब्रिजेंन्द्र केसी , उपाध्यक्षमा इन्जीनियर राजेस भट्टराई, सहसचिबमा इन्जीनियर नर काजी गुरुङ , कोषाध्यक्षमा इन्जीनियर सन्तोस जिसी बिजयी भए ।  त्यसैगरी सदस्यहरुमा इन्जीनियर किरण केसी, इन्जीनियर बिनोद प्रसाद हेजु, इन्जीनियर अनुज शेरचन तथा इन्जीनियर (आ) रेखा लामिछाने वाग्लेले आफ्ना प्रतिद्वन्द्वीलाइ करिब  ५० मत अन्तरले पछाडी पार्दै  बिजयी भएका  छन । सचिबमा भने संयुक्त प्यानलका इन्जीनियर सुमन गिरी ८ मत अन्तरले बिजयी भएका हुन ।

नेपाल इन्जीनियरिङ्ग एसोसियसन पोखरा केन्द्रको इतिहासमानै यो पहिलो चुनाब हो । यो भन्दा पहिले सहमति बाट नै पदाधिकारी हरु चुनिने गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button