युआरएल पत्रकारिता पुरस्कार स्थापना

पोखरा-

पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी ९युआरएल०ले युआरएल पत्रकारिता पुरस्कार स्थापना गरेको छ । संस्थाको आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा बिहीबार यहाँ एक कार्यक्रमको आयोजना गरी आगामी वर्षदेखि हरेक वर्ष प्रदेश नं ४ मा स्वास्थ्यसम्बन्धी बिटमा क्रियाशील एकजना पत्रकारलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिने प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिनुभयो । पुरस्कारको राशि नगद रु १५ हजार, ताम्रपत्र र दोसल्ला रहेको छ । युआरएलले पोखरा र आसपासका ठाउँमा २७ वटा निःशुल्क रक्त परीक्षण शिविर सञ्चालन गरी करिब १४ हजारभन्दा बढीलाई सेवा दिएको निर्देशक दिनेशबाबु खड्काले बताउनुभयो ।

संस्थाले नाफाको २५ प्रतिशत सामाजिक क्षेत्रमा लगानी गर्ने गरेको र हालसम्म ६० हजारभन्दा बढी सेवाग्राहीले संस्थाबाट सेवा लिएको बताइएको छ । कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त, पश्चिमाञ्चलका क्षेत्रीय स्वास्थ्य निर्देशक डा तारानाथ पौडेल लगायतले संस्थाले गर्दै आएको कार्यको सराहना गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button