पोखरा स्पोर्ट्स अर्वाडका लागि सूर्य गुरुङ्गले गरे सहयोग

केशब पाठक ,पोखरा-
नेपाल खेलकुद पत्रकार मंच कास्कीले आयोजना गर्ने पोखरा स्र्पोट्स अर्वाडका लागि सहयोग आउने क्रम जारी रहेको छ । यसै सिलसिलामा पोखरा निवासी तथा हाल बेलायतमा रहनुु भएका समाजसेवी सूर्य गुरुङ्गले पोखरा स्र्पोट्स अर्वाडका लागि सहयोग गर्ने भएका हुन ।उनले स्र्पोट्स अर्वाडका लागि व्यक्तिगत रुपमा नगद २५ हजार प्रदान गर्ने र युकेमा रहनु हुने अन्य साथीभाई हरुलाई समेत स्र्पोट्स अर्वाड सफल बनाउन सहयोगका लागि आह्वान गर्ने वताएका छन ।

उनी गैर आवाशिय नेपाली संघ (एनआएनए) युकेका पूर्व अध्यक्ष समेत हुन । उनले बेलायतमा ‘च्यारिटी किङ्ग’ को उपनामले समेत प्रख्याती पाएका छन । उनले नेपालको भुकम्प पिडित, शिक्षा, खेलकुद लगाएत अन्य सामाजिक कृयाकलापमा व्यक्तिगत तथा च्यारिटी कार्यक्रम मार्फत सहयोग गर्दै आइरहेका छन ।

यस अघि पोखरा स्र्पोट्स अर्वाडका लागि गैर आवाशिय नेपाली संघ युकेका अध्यक्ष मुच्छेत्र गुरुङ्गले ५० हजार सहयोग गर्ने प्रतिवद्धता गरिसकेका छन । पोखरा स्र्पोट्स अर्वाड २०७४ वैशाखमा आयोजना हुँदैछ भने नगद सहयोग आउने क्रम समेत जारी छ । दुवै जनाले गरेको सहयोगका लागि खेलकुद पत्रकार मंच कास्कीको बैठकले आभार समेत व्यक्त गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button