सातौं राष्ट्रिय टेनिस सम्पन्न

पुलिसलाई ३ र पश्चिमाञ्चललाई २ स्वर्ण

पोखरा-

नेपाल सरकार राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको उपाधी नेपाल आर्मीका संरक्षण भूषण बज्राचार्यले जितेका छन् । बुधबार भएको फाइनल खेलमा उनले नेपाल प्रहरीका कमल भण्डारीलाई २–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक चुमे । महिला एकलतर्फको फाइनल खेलमा पनि पुलिस क्लवलेनै स्वर्ण पदक जितेको छ । पुलिसका मायांका राणाले पुलिसकै माहिका राणालाई पराजित गरेर स्वर्ण पदक जितेकि हुन् ।

यो संगै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिसमा पुलिसले सबैभन्दा बढि ३ स्वण जित्यो । पश्चिमाञ्चलले टिम इभेण्ट र पुरुष डबल्सको गरि २ वटा स्वर्ण जित्न सफल भयो । पुरुष डबल्सतर्फ पश्चिमाञ्चलका कुमार अधिकारी र अनिल शाहिको जोडिले फाइनल खेलमा एपीएफका सन्तोष खत्रि र श्रीराम मगरको जोडीलाई २–० कै सोझो सेटमा पराजित गरेका हुन् । महिला डबल्सतर्फ नेपाल पुलिसका माहिका र मायांकाको जोडिले स्वर्ण जित्यो । राणा जोडीले फाइनल खेलमा आर्मीका इरा रावत र अभिलाषा विष्टको जोडिलाई पराजित गरेको हो ।

प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि नेपाली सेना, पश्चिम पृतनाका पृतनापति जगदिशचन्द्र पोखरेल, नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणा, निवर्तमान अध्यक्ष मनोज राणा लगायतले एक समारोहका विच पुरस्कार वितरण गरे । समापन समारोहमा बोल्दै नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले टेनिस प्रेमीहरुको सहयोगमा पोखरामा पाँचवटा कोर्ट बनाउन सकेकालेनै पोखरामा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर मिलेको बताए । कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष समेत रहेका कायस्थले कोर्ट बनाउन सहयोग गर्ने सहयोगीहरुलाई धन्यबाद ज्ञापन गर्दै अब कास्की युवा तथा प्रतिभावन खेलाडीको खोजीमा हुने बताए । संघ कास्कीका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button