न्यूनचापीय प्रभावले बदलीसँगै वर्षा

काठमाडौँ –

न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भई विभिन्न स्थानमा वर्षा भएको छ ।

मङ्गलबार रातिदेखि विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले देशमा मध्य र पूर्वी भेगमा बढी असर देखिएको मौसमविद् समीर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

“न्यूनचापीय प्रणाली अहिलेमध्ये भेगमा केन्द्रित छ, हिजो पूर्वका धेरै स्थानमा पानी परेको थियो, आज दिउँसो मध्यभेगमा पानी पर्ने सम्भावना छ, तुलनात्मक रुपमा पश्चिममा कम असर देखिएको छ,”–उहाँले भन्नुभयो ।

मनसुन हटिनसकेको र यसको प्रभावले पनि वर्षात भएको मौसमविद् श्रेष्ठको भनाइ छ । उहाँका अनुसार स्थानीय वायुको प्रभाव र जलवास्पयुक्त हावा पर्याप्त रहेकाले यो प्रणाली केही दिन जारी रहनेछ ।

मनसुन सकिने अन्तिम समय भए पनि यो वर्ष ढिलो गरी मनसुन सुरु भएकाले वर्षा लम्बिएको बताइन्छ । सामान्यतः नेपालमा जुन १० बाट मनसुन सुरु भई सेप्टेम्बर २३ मा हट्छ, तर यो वर्ष केही ढिला गरी मनसुन सुरु भएको थियो ।

आज काठमाडौँ उपत्यकासहित मध्यभेगका अधिकांश स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा २, ओखलढुङ्गामा ३ र ताप्लेजुङ्मा ४५ मिलिमिटर वर्षात भएको छ ।

महाशाखाका अनुसार आज मध्यभेगमा पानी पर्ने ६० प्रतिशत सम्भावना छ, भने अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button