लमजुङका पर्यटन व्यवसायी उत्साही

पोखरा-

अन्नपूर्ण पद मार्गमा आउने पर्यटकको आगमनमा वृद्धि भएपछि जिल्लाका पर्यटन व्यवसायी उत्साही भएका छन् ।

गत वर्षको तुलनामा यस वर्ष पर्यटक आगमनमा वृद्धि भएको छ । अन्न्पूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको सेप्टेम्बरमा एक हजार नाघेको थियो । सो सङ्ख्या यस वर्ष दुई हजारभन्दा बढी पुगेको छ ।

एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवा सन् २०१६ मा वितेका नौ महिनामा ११ हजार ७१७ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन् । गत वर्ष सोही अवधिमा सात हजारको हाराहारीमा पर्यटक आएका थिए ।

अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरीक पर्यटकको आगमन बढेको छ । मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । पर्यटन व्यवसायी थप उत्साही भएका छन् । पर्यटन विकासको लागि आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्नुपर्ने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ बताउनुहुन्छ ।

“गन्तव्य मनाङ बनाएर धेरै आन्तरिक पर्यटक आउनुभएको छ, यसबाट हामी धेरै उत्साही छौँ,” उहाँले भन्नुभयो । सदरमुकाम बँेसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङाँदी, स्यागे, जगतहुँदै मनाङको ताल, बगरछाप, चामेहुँदै थोराङपासहुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठा समेत बन्ने गरेको पाँच हजार ४१६ मिटर उचाइको थोराङ भञ्ज्याङ पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । यस अघि अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिएको थियो । रासस

फोटो-Euro Asia Treks

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button