पोखरामा मोडलिङ रियालिटि सोको लागि ४५ छनोट

पोखरा न्युज –

पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि सो को अडिसन सम्पन्न भएको छ । ब्ल्यु रे प्रोडक्सनको आयोजनामा हुने प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी ४५ जना छनोट भएका छन् । छनोट हुनेमा २० युवा र २५ युवती रहेका छन् ।

अडिसनबाट छनोट भएकाहरुलाई विभिन्न आठ चरणमा प्रतिष्पर्धा गराई विजेता छनोट गरिनेछ । अडिसन मार्फत छनोट भएकाले असार २४ गतेदेखि हरेक शनिबार ओजन लाउञ्ज बार लेकसाइडमा हुने प्रतिष्पर्धामा भाग लिई अघिल्लो चरण प्रवेश गर्नेछन् । १५ युवा र १५ युवतीकाबिच अन्तिम प्रतिष्पर्धा गराइनेछ ।

प्रतियोगीहरुको ग्राण्ड फिनाले आगामी भाद्र १० गते पोखरामा भव्य कार्यक्रमकाबिच हुने कार्यक्रम संयोजक मिना भुजेलले बताइन् ।
तीन जना नियमीत निर्णायक र थप दुईजना स्पेशल निर्णायकले उपाधि विजेता मिस्टर एण्ड मिस कास्की २०७४ छान्नेछन् ।

पछिल्लो क्रममा देखिएका मोडलिङ प्रतियोगीता भन्दा यो रियालिटी सो पृथक रहने आयोजकको दावी छ । जिरो फेसन म्यागाजिनको एशोसियसनमा हुने कार्यक्रमको मुख्य प्रायोजन रुस्लान भोड्काले गर्नेछ ।

प्रतियोगीता गर्नुको मुख्य उद्धेश्य यौन दुव्र्यवहार विरुद्ध सचेतना जगाउनु रहेको छ । प्रतियोगीतामा एसइइ उत्र्रीण भएका ४ दशमलव ९ फिट भन्दा बढी उचाइ भएका १६ देखि २५ वर्ष उमेर समुहका युवायुवतीले भाग लिएको अर्का संयोजक शंकर थापाले जनाए । मोडलहरुलाई स्पेशल पहिरनको व्यवस्था सजिना क्लोथिङले गर्नेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button