नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न माग

पोखरा न्युज ।

प्रदेश नं ४ मा पर्ने नवलपरासीको नवलपुर क्षेत्रको नामाकरण नवलपुर जिल्ला कायम हुनुपर्ने माग राख्दै आइतबार सरोकारवालाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री देउवालाई भेटी पूर्वीनवलपरासीको नामाकरण ‘नवलपुर’ जिल्ला र सदरमुकाम कावासोती तत्काल घोषणा गर्न माग गरेको नेपाली काँंग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को आगामी बैठकबाट यससम्बन्धी निर्णय गर्ने प्रधानमन्त्री देउवाले आवश्वास दिनुभएको लामिछानेले बताउनुभयो । गतसाता मात्रै सरकारले नवलपुर क्षेत्रका लागी पनि हालको नवलपरासीको परासीमानै जिल्ला समन्वय समितीको कार्यालय स्थापना गरी नवलपुर क्षेत्रको लागि कामकारबाही गर्न भनी सरकारले परिपत्र गरेको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button