पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चाहिने उपकरणहरु केही दिनमा आउदै

पोखरा, २९ भदौ –

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चाहिने उपकरणहरु केही दिनमा कम्पनीको मुख्य कार्यालयबाट  पोखरा ल्याइदै छ । विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले विमानस्थलको सम्पूर्ण जग्गामा तारवार लगाउन सुरु  गरेको छ ।

कम्पनीले २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १०६ रोपनी जमीनको तारवार लगाउन बाँकी भाग र पछि थप गरिएएको ६२९ रोपनीको पूरै जग्गामा तारवार लगाउन सुरु गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो ।

यस्तै, कम्पनीले प्राविधिक कर्मचारी, कामदार र सामान राख्ने अस्थायी भवन पनि बनाउन सुरु गरेको र आगामी कात्तिक ४ गतेसम्ममा ती सबै अस्थायी भवन बनाइसक्ने इन्जिनियर सापकोटाले बताउनुभयो ।

ठेकेदार कम्पनीले विमानस्थल निर्माणको प्रारम्भिक डिजाइन अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई बुझाइसकेको छ । विमानस्थल निर्माणका लागि चाहिने आवश्यक उपकरण कम्पनीको मुख्य कार्यालयबाट लोड गरिसकिएको र अब केही दिनमा निर्माणस्थलमा आइसक्ने बताइएको छ ।

मुलुककै गौरवशाली आयोजनाका रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष्य राखिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button