खेलौनाका सामान विक्रि गर्न देशका मुख्य शहरका व्यापारी पोखरा सडक महोत्सवमा

पोखरा –
पोखराको सडक महोत्सवले यहाँको होटल तथा रेष्टुरेण्टहरुको मात्र व्यापार गराएको छैन सँगसंगै लत्ता कपडा , खेलौना सहितका अन्य सामानहरुको ठुलो मात्रमा व्यापार हुने गरेको व्यापारीहरु वताउछन ।

पोखरामा जारी सडक महोत्सवमा खेलाउनका सामानहरु विक्रि गर्न देशका मुख्य शहर संगसंगै भारतवाट समेत व्यापारीहरु पोखरा आएका छन । प्रति व्यक्ति नेपाली रुपैया ४ देखि ६  हजार सम्म लगानी गरी व्यापार गर्ने उद्धेश्य सहित २ सय जना भन्दा बढी व्यापारीहरु महोत्सव स्थलमा झोलामा सामान बोकेर ब्यापार गरिरहेका छन । अंग्रेजी नयाँ बर्षलाई लक्षित गरी आयोजना भएको महोत्सवमा खुल्ला सडकमा मान्छेको भिडमा सामानहरु विक्रि गर्न पाउने भएकोले आफुहरु सडक महोत्सवमा व्यापार सहित महोत्सव अवलोकन गरी पोखरा भ्रमण गर्न आएको भारतको रक्सौलबाट आएका लुरुक नमले बताए । उनले महोत्सवमा खेलाउनाका सामानहरु वटरफ्लाई, सिङ वल, फिरफिरे लगायतका सामाग्रिहरु विक्रि गरिरहेका  छन ।

सडक महोत्सवमा आन्तरीक तथा बाह्यि पर्यटकहरुको अत्याधिक भिडभाड हुने भएकोले र महोत्सवमा आन्तरीक पर्यटकहरु पारिवारीक रुपमा आउने भएकोले खेलाउनाका सामानहरु खुल्ला सडकमा विक्रि गर्न काठमाण्डौं, चितवन, विरगन्ज, जनकपुर,र भारतीय  बजारबाट खेलाउनाका सामानहरु विक्रि गर्न व्यापारीहरु पोखराको सडक महोत्सवमा आएका हुन । लेकसाईडको करीब साँढे तीन किलोमिटर क्षेत्रमा कम्तीमा ४० मिटरको दुरीमा ४÷५ जना खेलाउनाका सामानहरु विक्रि गर्दै गरेका व्यपारीहरु भेटिन्छन । महोत्सवमा सहभागि भएका एक चौथाई जसो पारिवारीक रुपमा गएका व्यक्तिहरुले आफ्ना छोरा छोरा छोरी त केहि युवा युवतीहरुले रातीको समयमा झिप झिप वल्ने वत्ती सहितका खेलाउनाका सामानहरु किन्ने गरेका हुन । व्यापारीहरुले खेलाउनाका सामानहरु ८० रुपैया देखि ३ सय रुपैया सम्ममा विक्रि गर्दा लाखौं आम्दानी गर्ने गरेका छन ।

जनकपुरबाट सडक महोत्सवमा खेलाउनाका सामान विक्री गर्न आएका एक व्यापारी छोटेकुमार साहीले ५ हजार मुल्य बराबरको सामानहरु विक्रिको लागि ल्याउको बताए । उनले भने “ हामी ५ जनाको समुहमा पोखरामा भएको सडक महोत्सवमा पहिलो पटक आएका हौं, महोत्सवमा अवलोकन सहित खेलाउनाका सामानहरु विक्री गर्ने उद्धेश्यले हामी पोखरामा समुह मिलेर आएका हौं । विरगन्जबाट पोखरा आएका अर्को व्यापारी नसाद मुसलमानले चाईनाका सामानहरु भारत हुदै आउने गरेकोले आफुहरुले सडक महोत्सवमा यस्ता सामानहरुको धेरै माग हुने भएकोले विक्रि गर्न आएको जनाए । पोखरा तेर्सापट्टिका एक व्यापारी दीननाथ दासले पछिल्लो क्रममा खेलाउनाका सामानहरु देश भरीका धेरै ठाँउबाट व्यापारीहरु ठुलो सङख्यामा पोखरामा आएकोले आफुहरुको व्यापार धेरै नहुने गरेको बताए ।

हरेक बर्ष जसो आफुले महोत्सवमा समानहरु विक्रि गर्देै आए पनि आफुहरु जस्ता धेरै व्यापारीहरु महोत्सवमा आएकोले आफुहरुले सोचे भन्दा केही कम व्यापार हुने गरेको उनले बताए । सडक महोत्सवको अवसरमा यति वेला पोखराका सवै जसो होटल तथा रेष्टुरेण्टका कर्मचारीहरुलाई भ्याई नभ्याई भएको छ ।

आन्तरीक तथा बाह्यि पर्यटकहरुको आगमन भएसंगै पोखराका होटल तथा रेष्टुरेण्टका कर्मचारीहरुलाई भ्याई नभ्याई भएको व्यावसायीहरु बताउछन । यति वेला पर्यटनको पिक सिजन भएकोले आन्तरीक पर्यटकले तीन दिन पोखराको पर्यटन प्रबर्द्धनमा राम्रो फाईदा पुग्ने पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले बताए । सडक महोत्सव आईतबारसम्म चल्ने भएको महोत्सव संयोजक गोपि बहादुर भट्टराईले बताए । महोत्सवमा विभिन्न जनजातिको झाँकी तथा पन्चेवाँजा समेत प्रदर्शनी गरीएको रेवान पोखराका अध्यक्ष एवं सांस्कृतिक संयोजक चौबहादुर गुरुङले बताए । सडक महोत्सवको चौथौ दिनसम्म एक लाख बढ दर्शक भित्रिएको आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button