पिटिआरसी द्द्वारा ट्राभल एडभाइजरी सच्चाउन माग

पोखरा, साउन ३०

पोखराका पर्यटन व्यवसायीले नेपालका लागि बेलायतका राजदुत जोन रेन्किन  र दातृ निकाय डिएफआइडीकी नेपाल प्रमुख गेइल मरजेट्टी सँग शनिबार भेटघाट गरेका छन् । भूकम्प पछि नेपाल आउने बेलायती पर्यटकका लागि बेलायत सरकारले जारि गरेको ट्राभल एडभाइजरी सच्चाउन व्यवसायीले उक्त अवसरमा राजदुतसँग आग्रह गरे ।

पोखरा पर्यटन पुर्नजागरण समिति (पिटिआरसी) ले आयोजना गरेको छलफलमा व्यवसायीले एडभाइजरीका कारण विदेशी पर्यटक नेपाल आउन हच्केकोले एडभाइजरी सच्चाउन आग्रह गरे । पर्यटन बोर्डका पूर्व सदस्य तथा पिटिआरसी प्रवद्र्धन समितिका संयोजक बासु त्रिपाठीले वेलायत लगायतका मुलुकले भूकम्प पछि पर्यटकका लागि जारि गरेको एडभाइजरीले समस्या परेको बताए ।

‘भूकम्प पछि पुरै नेपाल ध्वस्त भएको होईन । केहि अंशमा मात्र खतरा भएको हो । अन्नपूर्ण क्षेत्र पुरै सुरक्षित छ’ राजदुतसँगको भेटमा उनले भने, ‘त्यहि भएर अब बेलायतले जारी गरेको एडभाइजरि सच्चाउनुपर्छ ।’ पोखराका होटल, रेस्टुरेन्ट, आउजाउ गर्ने सडक, विमानस्थल सबै सुरक्षित रहेकोले घुम्नका लागि कुनै खतरा नरहेको उनले बताए । भूकम्प लगत्तै विभिन्न स्वदेशी तथा विदेशी संचारमाध्यमले गलत सन्देश प्रवाह गरेका कारण पोखरामा अहिले पाहुना नभएको भन्दै एडभाइजरी सच्चाउने हो भने नेपालमा फेरि पाहुना बढ्ने उनले बताए ।

टेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्री संघका अध्यक्ष रामचन्द्र शर्माले पनि अन्नपूर्ण क्षेत्रका सबै पदमार्ग सुरक्षित रहेको जानकारी दिए । केहिदिन अघि अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनले पनि अन्नपूर्ण क्षेत्र सुरक्षित रहेको भन्दै प्रतिवेदन सार्वजनिक गरेको भन्दै सकारात्मक सन्देश दिलाएर विदेशीलाई नेपाल बोलाउन सघाउनुपर्ने बताए । मियामोतो इन्टरनेशनल र सामर्थ नेपालले अन्नपूर्ण क्षेत्र पदयात्राका लागि सुरक्षित रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका सदस्य गोबिन्दराज पहारीले पर्यटन क्षेत्रमा ठुलो लगानी रहकोले पाहुना नहुँदा लगानी जोखिममा पर्नसक्ने खतरा रहेको बतए । उनले बेलायती राजदुत समक्ष नेपालका लागि जारि गरेको ट्राभल एडभाईजरी सच्चाउन आग्रह गरे । ‘सबै नेपाल नै ध्वस्त भएको भन्नेखालको सन्देश फैलिएको छ ।त् यस्तो होईन । केहि क्षेत्रमा मात्र असर परेको हो । त्यसैले सकारात्मक सन्देश जानेगरि सूचना फैलाउनुपर्छ’ उनले भने, ‘त्यसो भयो भने बल्ल पोखराको पर्यटनले राहत पाउँछ ।’

पिटिआरसी सह संयोजक विश्वशंकर पालिखेले बेलायती राजदुतसँग त्यहाँका संचारमाध्यमलाइ नेपाल ल्याउनका लागि पहल गर्न अनुरोध गरे । ‘विदेशी संचारमाध्यमलाई नेपाल ल्याएर यहाँको वास्तविकताबारे जानकारि दिन सक्ने हो भने यहाँको प्रवद्र्धन हुन्छ । नेपालको बारेमा वास्तविक खबर पनि बाहिर जान्छ’ उनले भने, ‘यसका लागि राजदुतावासले सघाउनुपर्छ ।’

कार्यक्रममा राजदुत रेन्किनले भूकम्पको केहिदिन अघि मात्र नेपाल आएको र यहाँको वास्तविकता बुझ्न आफु पोखरा आएको बताए । ‘पोखरा र आसपासका क्षेत्रको अवस्थाबारे बुझ्नका लागि म आएको हुँ । मैले जे देखे त्यहि भन्नेछु’ उनले भने, ‘पोखरा र अन्नपूर्ण क्षेत्र निकै सुरक्षित र शान्त रहेछ । भूकम्प आएपनि यहाँ कुनै असर परेको रहेनछ ।’ बेलायतले भूकम्प पछि नेपाल घुम्न आउने आफ्ना मुलुकका नागरिकका लागि जारि गरेको ट्राभल एडभाइजरी मनसुनका कारण पूर्ण रुपमा सच्चाउन नसकेको बताए ।

डिएफआइडीकी नेपाल प्रमुख मरजेट्टीले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्व रहेको बताईन । उनले पर्यटक नहुँदा नेपालको अर्थतन्त्र नै ओरालो लागेको बताइन । ‘पर्यटन देख्न नपाउँदा म पनि चिन्तित छुु । तर, अब पर्यटक आउने गरि सकारात्मक सन्देश प्रवाहमा सबैले जोड दिनुपर्छ’ उनले भनिन । पर्यटन बोर्ड पोखराकी प्रमुख श्रद्धा श्रेष्ठले पोखरा र आसपासका क्षेत्र सुरक्षित हुँदाहुँदै पाहुना नहुँदा व्यवसायीले मार खेपेको बताइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button