पुरस्कार स्वरुप १ लाख ७२ हजार बराबरको हिरो ड्यास स्कुटर-विग एफएम

पोखरा, २९ कात्तिक-

छैठौँ सँस्करणको विग आईकनको विजेताले १ लाख ७२ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर पुरस्कार स्वरुप प्राप्त गर्ने भएका छन् । विग एफएमले यो कुरालाई पुष्टि गरेको हो ।

हिरो मोटरबाईकको नेपालस्थित अधिकृत विक्रेता नेपाल जेनेरल मार्केटिङ प्रालि ज्योती भवन काठमाण्डौँले यो पुरस्कारको प्रायोजन गरेको हो । ज्योती ग्रुप अन्तरगत रहेको यो कम्पनीका भाईस प्रेसिडेन्ट सुरुची ज्योती र विग एफएमका मार्केटिङ म्यानेजर कमल बरालबीच विग आईकनको विजेतालाई कम्पनीले हिरो ड्यास स्कुटर प्रदान गर्ने विषयमा सहमती भएको हो ।

पुरस्कार राशिको हिसाबले यस अगाडिका विजेताको तुलनामा यो पटकको विग आईकनको विजेताले धेरै पुरस्कार प्राप्त गर्नेछन् । ‘विग आईकनको विजेताको लागि हामीले हिरो बाईकको नेपालस्थित अधिकृत विक्रेतासँग सहकार्य गरिसकेका छौँ । र, यो सहमतीले विग आईकनको प्रभावकारितालाई स्पष्टसँग देखाउँछ ।’ विग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले भने–‘ज्योती ग्रुप जस्तो नेपालकै उत्कृष्ट व्यापारिक घराना पनि यो ईभेन्टमा जोडिनु हाम्रो लागि निकै खुशिको कुरा पनि हो ।’

त्यस्तै ज्योती ग्रुप अन्तरगत रहेको कम्पनी नेपाल जेनेरल मार्केटिङ प्रालिकी भाईस प्रेसिडेन्ट सुरुची ज्योतीले पनि नेपालकै उत्कृष्ट गायन रियालिटि शोमा जोडिनु कम्पनीको लागि निकै खुशिको कुरा भएको बताईन् । ‘उत्कृष्ट गायन प्रतिभालाई हामीले स्कुटर प्रदान गर्न पाउनु निकै गज्जबको कुरा हो ।’ ज्योतीले भनिन्–‘आगामी दिनमा विग एफएमसँग अन्य खालका व्यवसायिक सहकार्य पनि हुँदै जानेछ ।’

मंसिरको शुरुवातसँगै शुरु हुने छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सपोर्टेड बाई टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क, टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन, होटल पार्टनरमा होटल बाराहि, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाईन पार्टनरमा जक्शन डटकम, म्यागेजिन पार्टनरमा ‘यस’ म्यागेजिन र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् । छैठौँ विग आईकनमा सहभागिताको लागि यतिबेला एफएमले निशुल्क रुपमा आवेदन फाराम वितरण गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button