पोखरामा ग्याँस वितरण अस्त व्यस्त – जनताको व्यापक गुनासो

दिननाथ वराल

पोखरा, ६ मंसीर-

प्रशासनले आफ्नो अनुकुलमा खाना पकाउने एलपी ग्याँस वितरण गर्दा आम पोखरेली जनताले भने सास्ती भोग्नु परेको छ । भारतीय नाकाबन्दीले इन्धनको चरम अभावमा खेप्दै आएको समयमा प्रशासन र ग्याँस व्यवसायीको मिलोमतोमा अस्तव्यस्त तरिकाले आइृबतार पोखरामा ग्याँस वितरण हुदा पोखरेलीहरुले भने सास्ती भोग्नु परेको हो । यसमा व्यवस्थित रुपमा खाना पकाउने एलपी ग्याँस वितरण गर्न कास्की प्रशासन असफल भएको जन गुनासो आएको छ ।

प्रशासन र ग्याँस व्यवसायीको मिलोमतोमा भद्रगोल तरिकाले ग्याँस वितरण हुँदा ग्याँस व्यवसायीका आफन्तका व्यक्तिले ग्याँस पाए भने दुई दिनदेखि लाइन बस्दा पनि सर्ववाधरण ग्याँस पाउन नसकेको पोखरेलीले गुनासो गरेका छन। प्रशासनले समयमै सुचना नदिएको कारणले गर्दा प्रशासन र ग्याँस व्यावसायीका आफन्तहरुले ग्याँस पाएको एक उपभोक्ता पोमलाल गिरीले गुनासो गरेका छन । यसैगरी जरेवर लेकसाइडको एक ग्यास व्यवसायीले समेत बजारमा ग्यास बाड्ने हल्ला चलेपछि लाइनमा पुगेका जनतालाई सुरुमा आफुले  ग्यास नवाड़ने भन्दै फर्काएको र पुलिस प्रशासनले समेत जनतालाई त्यहाँ लाइन नबस्न र बसेमा आफुहरुले सुरक्षा दिन नसक्ने भन्दै फर्काएको लेकसाइड पोखराका एक व्यवसायीले बताए । उनले भने, ‘पछिको केहि मिनेटमै त्यहाँ अन्य व्यक्ति आएर धमाधम लाइन लागे जतिबेला हामीले सिलिन्डर हटाइसकेका थियौ । जबकी उत्त डिलरले आइतबार ४५० वटा ग्यास वितरण गरेको थियो ।

स्थानीय प्रशासनले दिएको जानकारी अनुसार आइतबार गृहलक्ष्मी ग्याँस ३ हजार ५ सय र शक्ति ग्याँस ४ हजार ४ सय १४ वटा वितरण गरिएको छ । ग्याँस वितरणको लागि गृहलक्ष्मीको ११ र शक्तिको १० वटा डिपो तोकिएको थियो । प्रशाशनले समयमा सुचना नदिदाँ ती बाहेका अन्य ठाउँहरुमा उपभोक्तको लाइन लागेको थियो । साथै सुरक्षामा खटिएका सुरक्षाकर्मीले समेत गलत सुचना दिने गरेको पोखरेलीले गुनासो गरेका छन ।

स्थानीय प्रशासनले समयमा सुचना नदिइ भ्रम सिर्जना गरेर जनतालाई सास्ती दिने काम गरेको सर्वसाधरणको गुनसाको छ । स्थानीय प्रशासनले केही दिन अघि मंसीर ७ गते अघि ग्याँस वितरण नहुने जानकारी गराएकोमा एक्कासी मंसीर ६ आइतबार ग्याँस वितरण गर्ने निर्णय गरेर सर्वसाधरणमा अन्यौल सिर्जना हुदाँ अनाहकमा दुःख पाएका हुन् ।

ग्याँस वितरण गर्ने नियर्ण शनिबार साँझ भएको र आइतार विहान कहाँबाट कुन ग्याँस वितरण हुने जानकारी संचार माध्यममा दिने भनिए पनि बैठकमा सहभागिहरुले सुचना चुहावट गरेपछि प्रशासनले औपचारिकताको लागि शनिबार राती ९ बजेर ५६ मिनेटमा सुचना मेल गरेको थियो। तर, प्रशासनको ग्याँस वितरण सम्वन्धि सुचना संचार माध्यममा पुग्नु अगाडि नै ग्याँस बाँडिने डिपोहरुमा लामो लाइन भइसकेको थियो। प्रशासनले ग्याँसको तौल नै जाँच नगरी ग्याँस वितरण गरेको हो । ७ दशमवल १ केजी तौल ग्याँस छ की छैन नजाँची भनेकै भरमा बाँडेको छ ।

यसैबीच आइतबार भएको ग्याँस वितरणप्रति उपभोक्ता मंच कास्कीले असन्तुष्टि जनाउँदै ग्याँस वितरणमा मंचको कुनै सम्लग्नता नभएको बताएको छ । उपभोक्ता मंच कास्कीका अध्यक्ष कपिल कोइराला र सचिव राजु अधिकारीले जारी गरेको विज्ञप्तिमा प्रशासनले ग्याँस वितरणको सुचना संचार माध्यममा दिनु अगाडि नै चुहावट गरेर व्यवसायीका नजिका व्यक्तिलाई ग्याँस बाँड्ने प्रपञ्च गरेको आरोप लगाइएको छ । सुचना चुहावट गर्नेलाई कारवाहीको माग विज्ञप्तिमा गरिएको छ । ग्याँसको तौल नै जाँच नगरी ग्याँस वितरण गरिएको भन्दै मंचले आपत्ति जनाएको छ। विज्ञप्तिमा यातायात व्यवसायीले बढाएको भाडाको विरोध समेत मंचले गरेको छ । कानुन हातमा लिएर मनोमानी ढंगले भाडा बढाउने अधिकार कसैलाइ नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस अघि गृह लक्ष्मीको ग्याँस वितरण भएको पोखरा नयाँबजार प्रदर्शनी केन्द्रमा भने अझै पनि आम उपभोक्ता ग्याँस पाउने आसमा रात दिन लाईनमा बस्दै आएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button