शक्ति र गृहलक्ष्मीको ग्याँस लेखनाथमा वितरण हुने- कुनमा कति विवरण सहित

पोखरा, १२ मङ्सिर-
कास्की जिल्लाको लेखनाथ नगरपालिकामा रहेका शक्ति ग्याँस कम्पनी प्रा.लि. र गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.बाट भरिएका ७.१ के.जी तौलका ग्याँस सिलिण्डर  अधिकृत विक्रेताहरु मार्फत मिति २०७२।८।१४ गते वितरण हुने भएको छ । स्रोतका अनुसार शक्तिको २ हजार १ सय २८ र गृह लक्ष्मीको  ६ सय ७३ वटा आधा ग्याँस सिलिण्डर सो क्षेत्रमा रहेका ग्याँसका डिलरबाट मात्र वितरण हुने भएको हो । ग्याँस वितरण गर्दा अधिकृत विक्रेताले स्थानीय जनप्रतिनिधि टोल विकास संस्था, नागरिक समाज, वडा मन्च समेतका समुस्थितिमा लाइन लगाई नाम, ठेगाना र हस्ताक्षर सहितको अभिलेख तयार गरी वितरण गर्ने गराउने निर्णय गरिएको स्रोतले जनाएको छ।

 विवरण

gas

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button