एसियन फोरम कास्कीको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

 पोखरा, ०६ पौष –
एसिया मानव अधिकार तथा सास्कृतिक विकास मञ्च एसियन फोरम कास्कीको आयोजनामा वैदेशिक रोजगारबाट आर्जित पुजिलाई स्वदेशमा उत्पादनशिल क्षेत्रमा लगानी गर्नुभएकाहरु र सरोकारवालासंग अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद बृन्दा रानाले कृषिमा व्यवसायिकरुपमा सरकारले केही राहतका कार्यक्रम ल्याए पनि अपुर्ण रहेको बताउदै नेपाललाई सच्चिकै कृृषि प्रधान बनाउनका लागि कृषिमैत्रि निति नियम अवलम्वन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले विदेशबाट आएको रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा लगानिको लागि सरकारले आकर्षक योजना बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै क्षेत्रिय कृषि निर्देशक बोधराज सुबेदीले किसानहरुको लागि अनुदानको नभइ ऋण र सिपको आवश्यकता रहेको बताउनुभयो । उहाँले व्यवसायिक कृषि खेतिमा लाग्ने कृषकहरुको लागि सरकारले अनुदानको व्यवस्था मिलाउने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष आनन्दराज मुल्मीले कृषि पेशालाई व्यवसायका रुपमा नहेर्ने बेलासम्म नेपालीहरुको जीवनस्तरमा परीवर्तन नहुने बताउनुभयो । उक्त कार्यक्रममा विभिन्न देशमा काम गरी फर्केका विभिन्न पेशामा आबद्ध उद्योगी व्यवसायिहरुको सहभागिता रहेको थियो ।

यसैगरी एसियम फोरम कास्कीले स्थानिय निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई संस्थाले गरेका कामका बारेका जानकारी गराएको थियो । सो अबसरमा स्थानिय विकास अधिकारी रामचन्द्र तिवारी,सस्थामा सस्थापक अध्यक्ष सिद्धिचन्द्र बराल,केन्द्रिय अध्यक्ष निरज थापा,पश्चिमाञ्चल क्षेत्रिय सचिव कृष्ण बहादुर रानाभाट, जिल्ला अध्यक्ष तिलक थापा, कालावाङ होमस्टेका अध्यक्ष नरबहादुर गुरुङ लगाएत पर्यटन कार्यालय कास्कीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button