सागमा नेपाललाई पहिलो स्वर्ण

पोखरा, २५ माघ –

१२ औं दक्षिण एशियाली खेलकुदमा नेपालले चौथो दिन पहिलो स्वर्ण पदक प्राप्त गरेको छ । सिलोङ्गमा जारी उसु खेलमा निमा घर्ती मगरले थाउलोमा नेपालको लागि पहिलो स्वर्ण दिलाएकी हुन् । उनले थाउलो अन्तरगत नान्छ्वाउ नान्दो अन्तरगत १६.९१ अंक प्राप्त गर्दै स्वर्णमा आफ्नो नाम लेखाएकी हुन् ।

त्यस्तै नान्छ्वाउ नान्छुनमा युवराज थापाले १७.६६ अंक जोड्दै रजत पदकमा चित्त बुझाए । उसुबाट नेपालले आज सम्म १ स्वर्ण र ३ रजत पदक हात पारिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button