अनेरास्ववियु सम्मेलनको पूर्व सन्ध्यामा फुटबल प्रतियोगिता सम्पन्न

पोखरा, १७ फागुन –

अनेरास्ववियु कास्की क्षेत्र नं. ४ को क्षेत्रीय सम्मेलनको पूर्व सन्ध्यामा अनेरास्ववियु प्रारम्भिक कमिटि विन्ध्यवासिनी उ.मा.वि.को आयोजनामा फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि, अनेरास्ववियु कास्कीका उपाध्यक्ष एवं संगठन विभाग प्रमुख लक्ष्मण तिमिल्सिनाले अनेरास्ववियुका विद्यार्थीहरु सदैव रचनात्मक क्रियाकलापको पक्षमा रहेको बताउँदै अनेरास्ववियुलाई क्रियाशिल र सृजनात्मक विद्यार्थीहरुको संगठन बनाउने बताएका थिए । त्यस्तै विशेष अतिथि अनेरास्ववियु क्षेत्र नं. ४ का संयोजक विवेक त्रिपाठीले अनेरास्ववियु क्षेत्र नं. ४ को सम्मेलन भव्य, सभ्य र एकताको सम्मेलन बनाउने बताएका थिए ।

मनिराम गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका सह सचिव प्रताप अधिकारी, त्रि.वि.जिल्ला कमिटी सदस्य अनुप लामिछाने, सौगात शर्मा लगायतले बोलेका थिए ।

उक्त प्रतियोगितामा ४ समूह सहभागी भएकोमा कक्षा १२ को समूह प्रथम भएको छ भने सर्वाधिक गोलकर्ता विशाल भुजेलले ६ गोल गरेका थिए र उत्कृष्ट खेलाडी मिलन अधिकारी घोषित भए ।

उत्कृष्ट खेलाडीको पुरस्कार सौजन्य अनेरास्ववियु केन्द्रिय सदस्य भरतमान गुरुङले गर्नु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button