वर्तमान सरकार विघटन गर्न मोर्चाले समर्थन गर्ने

काठमाडौँ, २९ असार –

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ ।

मोर्चाका संयोजक समेत रहनुभएका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका–संसद भवन नयाँबानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने र नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको जानकारी दिनुभयो ।

नयाँ बन्ने सरकारले मोर्चाले उठाएका माग तथा विगतका सम्झौता कार्यान्वयन गर्न कस्तो व्यवहार प्रदर्शन गर्छ, त्यसले सरकारलाई सहयोग गर्ने र सहभागी हुने आधार तय गर्छ उहाँले भन्नुभयो ।

सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले मङ्गलबार वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको परिस्थितिका बारेमा प्रमुख दलहरुबीच छलफल जारी छ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button