पुनःनिर्माणमा साझेदारी गर्न विश्व बैंक इच्छुक

काठमाडौँ –

प्रधानमन्त्री पुष्पकमल दाहाल र विश्व बैंकका देशीय निर्देशक किमियाओ फानबीच पनि आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक विकासका लागि विश्व बैंकले प्रदान गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।

भेटमा प्रधानमन्त्रीले उच्च शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्प पछिको पुनःनिर्माणमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल इच्छुक रहेको बताउनुभयो । “विश्व बैंकले नेपालको भौतिक र मानवीय विकासका लागि गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छौँ, नेपालको पुनःनिर्माण, उच्च शिक्षा, स्वास्थ्य, भौतिक विकासका लागि विश्व बैंकसँग थप साझेदारित गर्न नेपाल इच्छुक छ” – प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विश्व बैंकको नीतिमा सहलीकरण गरी नेपाल सरकारको पूर्वाधार विकास नीति अनुकूल बनाउन पनि राजदूत फानसँग आग्रह गर्नुभएको थियो ।

निर्देशक फानले नेपालको ऊर्जा, जलविद्युत्, प्रसारण लाइन, सौर्य ऊर्जालगायतका क्षेत्रमा विश्व बैंकको सहयोग रहने जानकारी दिनुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button