पोखरा –
जिल्ला कारागार कास्कीमा कैद जीवन बिताईरहेका एकजना कैदी फरार भएका छन् ।
काभ्रे जिल्ला घर भई कास्की कारागारमा शरिर बन्धक तथा अपहरण मुद्धामा जेल सजाय खेपिरहेका पुष्कर खड्का गण्डकी मेडिकल कलेज परिसरबाट फरार भएका हुन् ।
उनलाई दाँतको उपचारका लागि नयाँबजारस्थित गण्डकी मेडिकल कलेज लगिएकोम उनि फ्रहार भएको कास्कीका जेलर हरि गौतमले जानकारी दिएका छन् ।
उनको सुरक्षार्थ प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली पनि खटिएको थियो । फरार खड्काको खोजिकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।