पोखरा-
पोखरा भलामका एक युवा असोक पौडेलले विदेशमा ६ बर्ष गरेको आम्दानी हाल पोखराको नदीपुरमा व्यवसाय संचालन गरेका छन । ६ बर्ष अष्ट्रेलीया वसाईको क्रममा आफुले गरेको आम्दानीलाई सहि ढंगले प्रयोग गर्न योरच्वाईस ट्रेडर्स नामक एक पसल संचालन गरेको संचालक पौडेलले बताए ।
अष्ट्रेलीयामा वसाईको क्रममा आफुले गरेको आम्दानीलाई सहि ढंगले स्वदेशमा परिचालन गर्ने उद्धेश्यले स्वदेशै केहि गरौं भन्ने उद्धेश्यले हाल हार्डवयर, रंगरोगन, सेनिटरीका सामानहरुको विक्रि गर्ने उद्धेश्यले उक्त पसल हाल संचालनमा ल्याएको पौडेलले बताए । उनले भने “ पहिला म मेरो इच्छा र चाहनाले विदेश गए, ६ बर्ष विदेश बसेर स्वदेश आए पनि मलाइ नेपाल छाडेर विदेश जान मनै लागेन, विदेशमा गरेको आम्दानीलाइ परिचालन गर्न यस व्यवसायमा लगानी गरेको हुँ । ” उनकी श्रीमती प्रतिक्षा पौडेलले विदेशमा गएर काम गर्नु भन्दा स्वदेशमै आफ्नो गाँउ ठाँउमा केहि गरेर पनि आम्दानी गन सकिने भएकोले आफुहरु विदेश जाने सम्भावना हुदा हुदै स्वदेशै रमाउन चाहेको बताइन । उक्त पसल संचालन गर्न हाल करीब ७० लाख रुपैया लगानी भएको प्रतिक्षाले बताईन ।