पोखरा-
पोखरा उप–महानगरपालीकाको २१ औं नगरपरिसदको अवसरमा सोमबार पोखरामा जिल्ला तथा क्षेत्रिय खेलकुद विकास समिति बिच भएको मैत्रिपुर्ण फुटव प्रतियोगिता बराबरीमा टुंगिएको छ ।
पोखरा उप–महानगरपालीका र जिल्ला खेलकुद विकास समिति कास्की तथा क्षेत्रिय खेलकुद विकास समिति बिचको सम्वन्ध अझ सुमधुर पार्ने उद्धेश्यले पोखरा रंगशालामा सोमबार भएको मैत्रिपुर्ण फुटवल प्रतियोगितामा दुबै तर्फ २÷२ गोलले खेल बराबरीमा टुंगिएको हो ।
नगरपालीकाका कार्यकारी अधिकृत नवराज ढुंगनाको कप्तानिमा मैदानमा उत्रिएको नगरपालीकाको तर्फबाट मन क्षेत्रिले दुई गोल गरेका हुन । त्यसै गरी क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको कप्तानिमा मैदानमा उत्रिएको समितिको तर्फबाट कुमार गुरुङ र कमल एलसीले एक÷एक गोल गरेका हुन ।