कन्या क्याम्पस शैक्षिक धार्मिक महोत्सव एवं महायज्ञमा सुरुकै दिन ३५ लाख संकलन

महिलाहरुको प्राविधिक शिक्षको लागि केहि न केहि सहयोग गर्छु –मन्त्री केसी

पोखरा –

पश्चिमाञ्चल क्षेत्रकै पहिलो कन्या क्याम्पसमा प्राविधिक शिक्षालय स्थापना एवम् सञ्चालन गर्ने उद्देश्यले मंगलबार देखि शैक्षिक धार्मिक महोत्सव एवम् श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ–२०७३ सुरु भएको छ ।

फागुन ३ गतेसम्म संचालन हुने उक्त महोत्सव एवम् महायज्ञको मंगलबार एक समारोहका बिच शहरी विकाश मन्त्री अजुर्ननरसिंह के.सी.ले उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै मन्त्री केसीले कन्या उच्च माविलाई प्राविधिक शिक्षा संचालन गर्ने उद्धेश्यले आयोजना भएको महायज्ञलाई सफल पार्न आफ्नो मन्त्रालयबाट यसै बर्ष पनि केहि न केहि आर्थिक सहयोग गर्ने बताए । उनले भने “क्याम्पसबाट मेरो मन्त्रालयमा जति सक्दो छिटो कुनै एक योजनाको लागि निवेदन दिनुहोस, मैले यसै बर्ष नसके पनि अर्को बर्षको बजेटमा पार्ने छु, तर यस बर्ष केहि न केहि सहयोग भने अवश्य गर्नेछु।” पोखरा एक मेघा सिटिको अवधारणमा अघि बढेकोले पोखरामा निमार्ण हुने योजनाहरुलाई आम पोखरेलीहरुले पनि साथ दिनु पर्ने बताउदैै मन्त्री केसीले सरकारको तर्फबाट पुर्ण साथ र सहयोग हुने विश्वास दिलाए । विकास र शान्तिको निमार्णको मुल आधार महिला भएको बताउदै उनले महिला जागरुक र शसत्तिकरण गराउने अभियानमा सवैलाई जुट्न आग्रह गरे । नैतिक शिक्षा आजको आवश्यकता भएको मनत्री केसीको जोड थियो।

मन्त्री केसीले नेपाल सरकारबाट पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण गर्ने बिषयमा केन्द्रमा हाल काम भई रहेकोले यही फेब्रुअरीको अन्तिम साता देखि निमार्ण कार्य हुने भएको बताएका छन । विमानस्थल निमार्णका केहि कुरा केहि दिनमा टुगिएलगतै पोखरामा विमानस्थल निमार्ण हुने भएको बताउदै उनले पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निमार्ण हुने समेत बताए । उक्त केन्द्र निमार्ण गर्न सर्वेक्षण समेत भएकोले अब छिट्टै पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निमार्ण हुने भएको उनले जनाए । शिक्षामा आमुल परिवर्तन हुनु पर्ने बताएका मन्त्री केसीले अबको शिक्षा आत्मनिर्भर, स्वरोजगार तर्फ उन्मुख तथा आधुनिक एवं प्राविधिक शिक्षा आवश्यक भएको मन्त्री केसीले जनाए ।

मन्त्री केसीले आगामी वैशाख र जेठको पहिलो साता भित्र निर्वाचन हुने गरी संविधान संसोधन गरेर भए पनि अघि बड्नु पर्र्नेे बताए । संविधान मुख्य पद्धती भएकोले जारी संविधानलाई कान्वयन गर्न ठुलो चुनौती भएकोले अहिलेको अबस्थामामिलेर जानुको विकल्प नभएको मन्त्री केसीले बताए । स्थानीय निर्वाचन नहुदा स्थानीय निकायमा धेरै विकासका काम तथा योजनाहरु प्रभावित भएकोले गर्दा पनि स्थानीय निकायको निर्वाचन गर्न मुख्य तीन दल सहमतिमा आउनु पर्ने उनले बताए । उनले भने “राजनीतिलाई धर्ममा ल्याउनु हुदैन, हिन्दुधर्म यस्तो धर्म हो जसले सम्पुर्ण धर्मलाई समेट्न सक्छ ।”

क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सांसद द्धय शारदा पौडेल, यज्ञ बहादुर थापा, महायज्ञका प्रमुख वाचक युवा पण्डित दिनबन्धु पोखे्रल, सहवाचक धु्रवशरण वस्याल, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा, क्याम्पसका संस्थापक क्याम्पस प्रमुख सुरेन्द्रबहादुर भारी, क्याम्पस प्रमुख सुरेसकुमार मानन्धर लगायतले आफ्नो क्षेत्रबाट सके सम्म महायज्ञ सफल पार्न सहयोग गर्ने वचन दिएका हुन ।

पश्चिमाञ्चल क्षेत्रकै पहिलो कन्या क्याम्पसमा प्राविधिक शिक्षालय स्थापना एवम् सञ्चालन गर्ने उद्देश्यले फागुन ३ गतेसम्म उक्त महोयज्ञ संचालन हुने भएको मिडिया परिचालन उपसमितिका संयोजक आरजु विष्ट सल्यानीले बताए ।

यसैबिच, महायज्ञको पहिलो उद्घाटन दिनमै ३५ लाख २२ हजार रुपैया आर्थिक सहयोग जुटेको छ । महायज्ञको उद्घाटन सत्रको अवसरमा कास्की क्षेत्र नम्बर २ का निर्वाचित सांसद शारदा पौडेलले २१ लाख १ हजार १ सय ११ दिने उद्घोष गरेकी छन । संसद विकास कोषको रकम प्रदान गर्ने पौडेलले बताईन । महायज्ञमा पोखराका व्यावसायी शुसिल गोसेलीले ५ लाख दिने घोषणा गरेका छन । त्यसै गरी पोखरामा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकबाट ६ लाख ५० हजार दिने भएको छ । उद्घाटन सत्रको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले महिलाहरुको उच्च शिक्षा सहित प्राविधिक शिक्षाको लागि उक्त रकम सहयोग गर्ने बताएका हुन । हेम बहादुर प्रधानले १ लाख १ हजार१ सय ११, पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापाले एक लाख १ सय ११ र मेजर चन्द्र बहादुर पुनले ५० हजार दिने उद्घोष गरेका छन । फागुन ३ गतेसम्म चल्ने महायज्ञमा करीब ५ करोड संकलन गर्ने लक्ष्य राखिएको क्याम्पस प्रमुख सुरेश मानन्धरले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button