पोखरा –
पोखरामा विभिन्न संचार माध्यमहरुमा आवद्ध पत्रकारहरुले फागुपुर्णिमा (होली) पर्व मनाएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको भवनमा पत्रकारहरुले एक आपसमा रंग लगायर शुभकामना आदान प्रदान गरी नाचगानका साथ होली पर्व मनाएका हुन् ।
महासंघ कास्की शाखामा होली पर्व मनाइरहदा थरि थरि संचार माध्यमहरुमा आवद्ध पत्रकारहरु संगै एकै थलोमा भेला भइ होली पर्व मनाउदा सामिप्यता तथा सद्भाव बढेको बताए ।
महासंघमा थुप्रै पत्रकारहरु सहभागि भएर होली पर्व हर्षो उल्लासका साथ मनाईएको बताउदै महासंघ कास्कीका सह–सचिव एवं कार्यक्रमका संयोजकत्व दीननाथ बरालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्ण टिमलाई धन्यवाद ज्ञापन गरे ।