कम्यूनिकेशन भएमा सहमति जुट्छ – रेग्मी

पोखरा-

सर्वोच्च अदालतका पुर्व प्रधानन्यायाधीश तथा मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले कम्यूनिकेशन (वार्तालाप ) भएमा देशमा भएको गतिरोध अन्त्य हुने बताए । स्वतन्त्र पत्रकार सघ नेपालको छैटौं साधारण सभा तथा दोश्रो केन्द्रीय अधिवेशनको बुधबार पोखरामा उद्घाटन गर्दै उनले कम्निकेशन नहुदा देशमा संकटको वातावरण निम्तिएको उल्लेख गर्दै कम्यूनिकेशन भएमा देश संकटबाट मुक्त हुने बताएका हुन ।

मन्त्री परिषदका पुर्व अध्यक्ष रेग्मीले देशमा हाल मुख्य समस्याको जड कम्यूनिकेशन ग्याप भएको दाबी गरे । उनले भने “ आफ्नो कुरा राख्ने अनि अर्कोको कुरा सुन्नेलाई कम्यूनिकेशन भनिन्छ, त्यो कम्यूनिकेशनको ग्यापले गर्दा राष्ट्रिय राजनीतिमा सम्वाद, वार्ता र छलफल हुन नसक्दा मुलुकमा समस्या रही रहेको हो, हामी कम्निकेशन गर्न सक्यौं भने समस्या समाधान हुन्छ।” संवाद र छलफल विना आ–आफ्ना एजेन्डा राख्दै अघि बढेमा नदी किनारा जस्तै मिलन विन्दुमा नपुगिने उनले दाबी गरे । उनले भने “आफ्नो कुरा भन्ने अरुको कुरा सुन्न चाहि त्यति धैयता नगर्ने, धैयता नराख्ने अर्कोको कुरा सुन्नलाई झनझट मान्ने झिजो मान्ने आम प्रवृत्ति भएको छ, यो वास्तवमा सकरात्मक होईन ।”

मन्त्री परिषदका पूर्व अध्यक्ष रेग्मीले असहमतिका बाबजुद पनि मिलनबिन्दु खोजेर २०७० सालमा संविधानसभाको दोश्रो निर्वाचन गरेको स्मरण गर्दै अहिले पनि सरकार, प्रमुख दलहरु र आन्दोलनरत मधेशवादी दलले मिलनबिन्दु पहिल्याउनुपर्नेमा जोड दिए । लामो समय देखि प्राप्त उपलब्धिलाई संस्थागत गर्न २०७४ माघ ७ गतेभित्र तीन वटा निकायको निर्वाचन गर्नुपर्ने बताए । उनले भने “ अहिलेको मुख्य चुनौति भनेको संधिवान कार्यान्वयन हो, यसलाई कान्वयन गर्न पहिला स्थानिय तहको निर्वाचनको मिति घोषणा भएकोले समयमै निर्वाचन गराउनु पर्दछ।” राजनीतिले सहि बाटो नलिदा देश विकास निमार्ण लगायतका क्षेत्रमा अघि बढ्न नसक्ने बताए । उनले भने “राजनीतिले सहि बाटो नलिएसम्म द्वन्द्व, हिंसा, संकट र संघर्ष भई रहन्छ, जसले गर्दा देशमा विकास हुन सक्दैन, त्यसको लागि पनि देशमा स्थिर राजजनीतिक आवश्यक पर्दछ । ” आम संचार माध्यमहरुले स्वतन्त्र ढंगले देशलाई मार्ग दर्शकको रुपमा काम गर्न आग्रह गरे ।

नेपाल केशरी डा. मणिभद्र मुनि महाराजले व्यक्ति स्वतन्त्र भएमा उसले सुख्ख प्राप्त गर्ने बताए । उनले भने “ स्वतन्त्र भनेर सार र सदुपयोग गर्नु पर्यो, पाएको अधिकार शहि ढंगले प्रयोग गर्नु प¥यो, त्यस्ता स्वतन्त्र व्यक्तिले समाजमा योगदान दिन सक्छन । ” संघका अध्यक्ष कृष्ण वास्तोलाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा प्रजातन्त्र सेनानी संघ कास्कीका सभापति एवं सामाजिक पत्रकारीता पुरस्कारका संस्थापक लिलाभक्त आचार्य, संघका सल्लाहकार नारायण कार्की, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नागरीक समाज पोखराका संयोजक राम बहादुर पौडेल, संघका कोषाध्यक्ष दीननाथ बराल, संघ कास्कीका अध्यक्ष कृष्ण थापा लगायतले पत्रकार स्वतन्त्र ढंगले समाजमा आफ्नो कतव्र्य निर्वाह गर्नुपर्नेमा जोड दिए । संघको हाल सम्म १३ जिल्लामा शाखा विस्तार भएको छ ।

महाधिवेसनमा करीब ९० जनाको सहभागिता रहेको संघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button