स्वतन्त्र पत्रकार महासंघको अध्यक्षमा पुनः बास्तोला

पोखरा-
स्वतन्त्र पत्रकार महासंघ नेपालको छैटौं साधारण सभा तथा दोश्रो महाधिवेशनबाट पुनः कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा उदयबहादुर अमात्य, उपाध्यक्षमा शान्ति राणा, प्रदेश नं.३ उपाध्यक्षमा सुरेश श्रेष्ठ, प्रदेश नं.४ को उपाध्यक्ष दीननाथ बराल र प्रदेश नं.५ को उपाध्यक्षमा रमेश सिटौला निर्वािर्चत भएका छन् । त्यसैगरी, महासचिवमा नवराज पहाडी, उपमहासचिवमा राजेन्द्रजंग रायमाझी र शीला गुरुङ, कोषाध्यक्षमा वीरेन्द्र पाण्डे, तथा सह–कोषाध्यक्षमा अम्बिका पाण्डे चयन भएका छन् ।

समितिको सदस्यमा आस गुरुङ, सुनराम विक ‘सुशील’, टीकाराम अधिकारी, मन भण्डारी, पुलप्रसाद गुरुङ, प्रल्हाद चन्द्र घिमिरे, ढाकामोहन बराल र प्रकाश बास्तोला सर्वसम्वत चयन भएका हुन। अधिवक्ता भूपनिधि पन्तको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको हो। १३ जिल्लासम्म शाखा विस्तार गरेको महासंघले पत्रकारको हकहितको लागि र स्वतन्त्र ढंगले पत्रकारिता गराउने अभियानमा आफुहरु देश व्यापी रुपमा लाग्ने महासंघका अध्यक्ष वास्तोलाले बताएका छन ।

महाधिवेसनमा ९० जना सहभागि भएको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button