पोखरा-
पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
नेकपा एमालेको तर्फबाट वडाका उम्मेदवार प्रेम बहादुर कार्की क्षेत्री १८०६ मत मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडामा उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका बोध बहादुर कार्कीले १६७४ मत ल्याए ।
वडामा महिला सदस्यमा यशोदा केसी भट्टराई तथा दलित महिला सदस्यमा सुन कमली कामी निर्वाचित भए । त्यस्तै खुल्ला सदस्यमा जितेन्द्र जंग थापा र ढोल बहादुर गुरुङ विजयी भएका हुन् । एमालेले पोखरा लेखनाथ महानगरमा ७ वटा वडामा जित हात पारेको छ ।
वडामा प्र्मुख तिन पार्टीले प्राप्त गरेको मत परिणाम यस्तो छ
[table id=14 /]