पोखरा –
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० र ३१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
महानगरको वडा नं ३१ मा कमल बहादुर थापा क्षेत्री १७६१ मत सहित बिजयी भए। वडामा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शरद राज सुवेदीले १२६१ मत प्राप्त गरे । वडाको महिला सदस्यमा सावित्री भण्डारी तथा दलित महिला सदस्यमा बिष्णु सुनार विजयी भए । त्यसैगरि खुल्ला सदस्यमा बिष्णु बहादुर भूजेल र पूर्णखर पाण्डे निर्वाचित भए ।
महानगरको वडा नम्बर ३० मा पनि एमालेको प्यानल विजयी भएको छ ।
वडाको अध्यक्षमा श्रीराम पोखरेल २०२८ मत सहित बिजयी भए । वडा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दुर्गा प्रसाद सुवेदीले १९२५ मत प्राप्त गरे । वडाको महिला सदस्यमा शारदा वास्तोला तथा दलित महिला सदस्यमा रमा नेपाली विजयी भए । त्यसैगरि खुल्ला सदस्यमा सोमलाल कंडेल र चोला प्रसाद बराल निर्वाचित भए ।