बम विष्फोटनबाट एकजनाको मृत्यु

पोखरा न्युज –

धनगढी उपमहानगरपालिका–४ को खानेपानी कार्यालय जाने सडकमा गएराति बम विष्फोट गराउने क्रममा विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ताको मृत्यु भएको छ ।

सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम पड्किँदा धनगढी उपमहानगरपालिका–१२ जुगेडा घर भएका ‘सनराइज‘ भनेर चिनिने २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

घटनालगत्तै उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुरयाइएका सिंहको राति करिब ११ बजेतिर मृत्यु भएको थियो । बम विष्फोटन स्थलदेखि झन्डै ३०० मिटरको दूरीमा सेती अञ्चल प्रहरी कार्यालय रहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button