पोखरा लेखनाथ महानगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि जनप्रतिनिधि सक्रिय

 

पोखरा न्युज –

पोखरा लेखनाथ महानगरपालिकाका भरतपोखरी, निर्मलपोखरी र कृष्तिनाच्ने चौर, दोभिल्ला छोरेपाटनलगायत क्षेत्र समेटेर पर्यटकीय गन्तव्य वनाउन निर्वाचित जनप्रतिनिधिले सामूहिक प्रयास थाल्ने भएका छन् ।

पर्यटकीय विकासको प्रचुर सम्भावना भएपनि अ‍ेझेलमा परेको भन्दै निर्वाचित जनप्रतिनिधिले ती क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रयास थालेका हुन् ।

पोखरा लेखनाथ– २१ का वडाध्यक्ष खगराज आचार्यले तीनवटै वडाका जनप्रतिनिधिले बृहत् गुरुयोजनासहित अघि बढ्ने निर्णय गरिएको बताउनुभयो । प्राकृतिक रुपमा सुन्दर भरतपोेखरी, निर्मलपोखरी र कृष्तिको पर्याप्त पर्यटकीय सम्भावना रहेपनि उपयोग गर्न नसकिएको स्थानीयवासी बताउँछन् ।

दक्षिणभेगमा अवस्थित विभिन्न जातजातिका मौलिक संस्कृतियुक्त स्थानबाट आठ हजार मिटरभन्दा बढी उचाइका हिमाली दृश्य अवलोकन गर्न सकिन्छ । उक्त क्षेत्रमा पर्ने हुडिकोट, बरपाण्डेथुम, फोक्सिङकोट, मट्टिखान, स्वाहारा, धुवाँरकोट लगायतका ठाउँबाट पोखरा उपत्यकासहित माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि हिमशृृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

प्राचीनकालदेखि अस्तित्वमा आएका बाँझी पोखरी, डाँडापोखरी जस्ता ठूला पोखरीलाई समेटेर पर्यटन पार्क बनाउने योजना अघि सारिएको छ । ग्रामीण पर्यटनको विकास गर्न यहाँका धुवाँरकोट, चिलाउनेखर्क, सुर्ताने, जिब्रेढुङ्गालगायत स्थानमा घरवास कार्यक्रम अघि बढाउन लागिएको छ ।

“पर्यटनका समग्र पक्ष समेट्ने गुरुयोजनासाथ अघि बढ्ने छौँ,” वडाध्यक्ष आचार्यले भन्नुभयो । प्रारिम्भक चरणमा सबै पर्यटकीयस्थल समेट्ने गरी नक्सा तयार हुनेछ ।

पोखरा लेखनाथ– १७ मा पर्ने दोभिल्ला, छोरेपाटनलगायतका स्थान पोखराको मुख्य बजार क्षेत्रबाट भरतपोखरी, निर्मलपोखरी र कृष्तिनाच्ने चौर प्रवेश गर्न सकिन्छ । पृथ्वी राजमार्गमापर्ने भण्डारढिक, गगनगौँडालगायतका स्थान पनि भरतपोखरी प्रवेश गर्ने नाका हुन् ।

कुभिण्डेदेखि हुडिकोटसम्म रिजलाइन पदमार्गको विकास गर्ने बताइएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै बढ्नसक्ने पर्यटकको चापलाई दृष्टिगत गरी आसपासका क्षेत्रमा पर्यटकीय विकासका प्रयास हुन थालेका छन् । पर्यटकीय विकासलाई लक्षित गरी आगामी बजेटमा विभिन्न कार्यक्रम राखिएको ३३ नं वडाध्यक्ष शिवप्रसाद आचार्य बताउनुहुन्छ ।

“भरतपोखरीमा ठूलाढुंगाबाट देउराली, भर्तीपोखरा, भोटेपोखरी हुँदै हाइकिङ मार्गको विस्तार गर्ने लक्ष्य राखिएको छ,” उहाँले भन्नुभयो । सो वडामा पर्यटन पूर्वाधार विकास गर्न रु तीन करोड विनियोजन गरिएको छ ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया स्थानीय तहबाट पर्यटकीय सम्भावनाको खोजी गरिनु आफैंमा महत्वपूर्ण कार्य भएको बताउनुहुन्छ । “पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवद्र्धनलाई बोर्डले प्राथमिकतामा राखेका कारण स्थानीय सक्रियतासँगै हामी पनि हातेमालो गर्दै अघि बढ्न तयार छौँ,” उहाँले भन्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button