जापानी सांसदले नेपाल भ्रमण गर्ने

पोखरा न्युज –

जापानी प्रतिनिधिसभाका सांसदद्वय युकी नाकागावा र हिनाको ताकाहासीले यही साउन १२ देखि १४ गतेसम्म नेपालको भ्रमण गर्नुहुने भएको छ ।

यहाँस्थित जापानी राजदूतावासका अनुसार उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाल–जापान संसदीय मित्रता सङ्घका सभापति तथा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीसँग भेट गर्नुहुनेछ ।

उहाँहरुले नेपाल उद्योग वाणिज्य महासङ्घका सभापति भवानी राणासित भेट गर्नाका साथै कान्तिबाल अस्पतालको पनि निरीक्षण भ्रमण गर्नुहुनेछ । रासस
––––––

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button