पोखराबाट लमजुङ जाँदै गरेको बस दुर्घटनामा तीसजना घाइते, खोलामा बगेर एक बेपत्ता

पोखरा न्युज –

पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ जादै  गरेको बस आज दुर्घटना हुँदा तीस यात्रु घाइते भएका छन् ।

ना५ख ६३९५ नं को बस कास्कीको मादी गाउँपालिका– ८ मा दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिनुभयो ।

कास्कीको मुंग्रेबेंसी भएर लमजुङको पसगाउँफेदी बगैंचा जाँदै गरेको यात्रुबहाक बस बिहीबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो ।  रुदी र मादी दोभानको रुदीखोला माथिको पूल भाँचिएर बस खोलामा खसेको हो ।

कास्की–लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्रहरी टोली उद्धारका लागि घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो  ।

तस्बिर – प्रवेश घिमिरे

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button