Pokhara News

‘चाडपर्वमा कृत्रिम अभाव हुन्न’

पोखरा न्युज –

आपूर्तिमन्त्री शिवकुमार मण्डलले चाडवाडको समयमा हुने कालोबजारी र कृत्रिम अभावलाई रोक्ने बताउनुभएको छ ।

रिपोर्टस् क्लबको साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले कालोबजारी र कृत्रिम अभाव रोक्न विद्यमान कानुनी अड्चनलाई व्यवस्थित गर्न कानून संशोधनको प्रक्रिया थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘चाडपर्वको समयमा खाद्यान्न आपूर्तिलाई सहज बनाइनेछ, दुर्गम जिल्लामा समयमा खाद्यान्न पुरयाउने विषयमा खाद्य संस्थानसँग छलफल भइरहेको छ ।” तत्काल कुनै पनि वस्तुको मूल्यवृद्वि नहुने तथा पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयास भइरहेको मन्त्री मण्डलले बताउनुभयो ।

“चाडवाडको समयमा पनि खाद्यान्न, पेट्रोलियम पदार्थको मूल्य बढ्दैन, ढुक्क हुनुुहोस्,” उहाँले भन्नुभयो । नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भएको अनियमितताबारे जानकारी लिइरहेको उहाँको भनाइ थियो । जग्गा खरिद प्रक्रियामा अनियमिता गरेको पाइएमा कारबाही गरिने मन्त्री मण्डलले बताउनुभयो ।

सरकारले सातवटै प्रदेशमा पे्रट्रोलियम पदार्थको भण्डारका लागि जग्गा खरीद गर्न लागेको र ती सबै प्रदेशमा कम्तीमा ९० दिनका लागि पुग्ने पे्रट्रोलियम पदार्थ भण्डार गर्ने योजना बनाइएको मन्त्री मण्डलले जानकारी दिनुभयो । रासस

अन्य खबर

आज विजयादशमी, टीकाको शुभसाइत बिहान ९ः५१ मा

स्याङ्जा आँधीखोला बगरको कमाइले दशैँ मान्दै मजदूर महिला

रासस

पोखराबाट दशैंको दिनमा २ सय देखि २ सय ५० गाडी संचालनको व्यबस्था मिलाउछौ- केसी

खुल्दैछ.......