कुनै भारतीय उपराष्ट्रपतिको सल्लाहकार नरहेको

पोखरा न्युज –

उपराष्ट्रपति कार्यालयले कुनै भारतीय उपराष्ट्रपतिको सल्लाहकार नरहेको जनाउँदै त्यस्तो गलत प्रचारबाट भ्रममा नपर्न सबैमा आग्रह गरेको छ ।

उपराष्ट्रपतिको सचिवालयले आज प्रेस विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको सल्लाहकार रहेको भनी गलत प्रचार गरिरहेका ती भारतीयलाई आवश्यक कारबाहीका लागि उपराष्ट्रपति कार्यालयबाट परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको र निजलाई कानूनी कारबाही गर्न नेपाल सरकार र नेपालस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारलाई अनुरोध गरिएको जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button