सराङकोटको स्मृति युवा क्लवद्वारा ९ बर्ष पछि रक्तदान कार्यक्रम

पोखरा न्युज –

पोखरा लेखनाथ महानगरपालिका १८, स्थित सराङकोटको स्मृति युवा क्लवले विगत ९ बर्ष पछि पुनः रक्तदान कार्यक्रम आयोजना गरेको छ । क्लवका पदाधिकारीहरु विधिन्न कारणले गर्दा समय दिन नसेकोले चाहेर पनि २०६५ साल पछि रंक्तदान कार्यक्रम आयोजना गर्न नसेकेको अबस्थामा यस बर्ष पुनः यसलाई निरन्तरता दिइएको क्लवका अध्यक्ष रन्जित थापा क्षेत्रीले बताए ।

यसैबिच, शनिबार पोखरा लेखनाथ महानगरपालिका १८ को वडा कार्यालय परिसरमै आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट २८ युनिट रंक्त संकलन भएको संस्थापक अध्यक्ष एवं सल्लाहकार सोवित वानियाले बताए । रविना थापा सहित ४ जना महिलाले रक्तदान गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रण बहादुर थापाले पहिलो रक्तदाता क्लवका अध्यक्ष क्षत्रीलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन । कार्यक्रममा बोल्दै उनले रक्तदान एक महत्वपुर्ण सामाजिक कार्य भएको भन्दै यस्तो कार्यक्रमलाई बार्षिक रुपमा आयोजना गर्न सुझाव दिए । क्लवका अध्यक्ष रन्जित थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रंक्त संचार केन्द्र पोखराका प्राविधिक माधव पोखरेल, क्लवका सल्लाहकार वानिया, उपाध्यक्ष गणेश थापा मगर लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button