Connect with us

मनोरन्जन

सरोज र इंदिराको ‘आई लभ यु’ले काट्यो करोडको केक (हेर्नुहोस् म्युजिक भिडियो)

[mom_video type=”youtube” id=”GocNWQkG6pg”]

पोखरा न्युज –

डेढ बर्ष अघि सार्वजनिक भएको सरोज ओली र इन्दिरा जोशीको स्वरमा रहेको ‘आई लभ यु’ बोलको गीतले युट्युबमा एक करोड भ्यु पुगको छ । यसै अवसरमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी केक काटिएको छ ।

 

बसन्त सापकोटाको संगीत तथा दिनेश थपलियाको संगीतमा रहेको गीतमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) र पल शाहलाई फिचरिङ गरिएको छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई १ करोड ३९ हजार भन्दा बढि पटक हेरिसकिएको छ ।

कलाकार तथा सञ्चारकर्मीको उपस्थितीमा भएको कार्यक्रममा कलाकारहरुले एक करोड भ्यु पुगेको अवसरमा शुभकामना दिएका छन् । एक करोड भ्यु पुगेको केक काट्दै गायक सरोज ओलीले आफ्नो गीतलाई एक करोड भ्यु पु¥याउने सबै सञ्चारकर्मी तथा सम्पूर्ण दर्शकहरुलाई धन्यवाद दिएका छन् । यस्तै ओलीले गीतले अहिलेसम्म यो गीतबाट ९ लाख भन्दा बढिको कमाई भएको समेत बताएका छन् । कार्यक्रममा गीतसँग सम्बन्धित कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सरोज ओलीको दोश्रो गीतको बारेमा पनि चर्चा गरिएको थियो । सरोज ओलीको स्वरमा रहेको ‘आई लभ यु २’ अहिले नेपालको ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।

पुरा पढ्नुहोस
यहाँ कमेन्ट गर्नुहोस्

Leave a Reply

तपाइको धाराणा ब्यक्त गर्नुहोस

तपाइको इमेल गोय्प रहनेछ, धन्यवाद । PokharaNews - No1 news portal from Pokhara, Nepal

पोखरा

म्याग्दीको गलेश्वरबाट जलयात्रा नियमित सञ्चालन हुने

प्रसिद्ध धार्मिकस्थल म्याग्दीको गलेश्वरधामबाट पर्वत र बागलुङको सिमाना मालढुङ्गासम्म कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ (जलयात्रा) सञ्चालन हुने भएको छ।

छैटौँ म्याग्दी महोत्सवका अवसरमा फोर हिमालय म्याजिक कम्पनीले पुस २८ देखि जलेश्वरदेखि बेनीबजारको थकाली सेवा समाजको घरसम्म सञ्चालन गरेको र्‍याफ्टिङ प्रभावकारी र स्थानीयवासीले अभिरुचि देखाएपछि व्यवसायीहरु यसलाई नियमित गर्न इच्छुक देखिएका छन् ।

र्‍याफ्टिङ एशोसिएशन अफ पोखरा (नारा)संग समन्वय गरी म्याग्दी उद्योग वाणिज्य संघ, नगरपालिका र स्थानीय बासिन्दासंग सहकार्य गरेर आफ्नो कम्पनीले गलेश्वर–मालढुङ्गा रुटमा नियमित जलयात्रा गर्न इच्छुक रहेको व्यवसायीहरुले बताएका छन् ।

पुरा पढ्नुहोस

पोखरा

मिस नेवा खोज्दै आयोजक पोखराको घरदैलोमा

पोखरा न्युज ।

मिस नेवा ११३८ को प्रतिस्पर्धी खोज्दै प्रतियोगितामा सकेसम्म धेरैभन्दा धेरै सहभागिता जुटाउने तयारीमा आयोजक नेवा खलः कास्की जुटेको छ।

प्रतियोगिताबारे जानकारी दिन संस्थाले कास्कीका नेवार वस्ती र टोलहरुमा घरदैलो गरेको छ । घरदैलोमा संस्थाका अध्यक्ष अशोक पालिखे, प्रतियोगिताका मूल संयोजक गजेन्द्रमान श्रेष्ठ, महासचिव आनन्द श्रेष्ठ, सहसंयोजक विमल श्रेष्ठ, मिस नेवा ११३७ अंशु शाक्य लगायत सहभागी छन् । पालिखेका अनुसार नयाँ पुस्तालाई नेवारी भाषा, संस्कृतिबारे सजग बनाउन प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता नेवारी भाषा, संस्कृति, सभ्यतासहित व्यक्तित्व र नेतृत्व विकासको उत्कृष्ट मञ्च भएकाले यसमा सहभागी हुन आयोजकले आग्रह गरेको छ। प्रचार प्रसार संयोजक अनिषा श्रेष्ठका अनुसार प्रतियोगितामा सम्भव भएसम्म धेरै प्रतियोगी सहभागी गराउने अभिप्रायले प्रचारप्रचार, सम्पर्क र कार्यक्रम भइरहेको छ।

मूल संयोजक गजेन्द्रमान श्रेष्ठका अनुसार प्रतियोगितामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवतीले भाग लिन सक्नेछन्। प्रतियोगिताको फाइनल चैत ३ गते हुनेछ।

पुरा पढ्नुहोस

पोखरा

मिस तामाङ पोखराको तयारी अन्तिम चरणमा

 

सोनाम ल्होसारको अवसरमा माघ ६ गते पोखरामा हुने मिस तामाङ पोखराको तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाजले हरेक बर्ष ल्होसारको अवसरमा ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ गर्दै आएको छ । यस पटक २८५४ औं सोनाम ल्होसार माघ ४ गते परेको छ । कार्यक्रम ६ गते पोखरा सभागृहमा हुनेछ ।

प्रतियोगितामा पोखरा, काठमाण्डौं तथा देशका बिभिन्न भागबाट तामाङ समुदायका १५ जना सहभागिहरु प्रतिस्पर्धा गर्दैछन । सहभागिहरुमा सुस्मिता लामा गोले स्वयम्भु काठमाण्डौ, सोनाम बम्जन सिम्पानी पोखरा, अनिता लामा लेकसाइड, इशिका तामाङ लेकसाइड, सुस्मिता तामाङ फुलबारी, लक्ष्मी तामाङ याम्दी, शसी तामाङ रत्नचोक, ओमिसा लामा नयाबजार, पनिता तामाङ, सोनी तामाङ लालिगुरास टोल, कविता लामा योन्जन रामेछाप, मोनिका तामाङ बालाजु काठमाण्डौ, विष्णु मोक्तान, सेलिना मोक्तान, निलम तामाङ मालेपाटन रहेको कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिए ।

सहभागीहरुलाई दिनेश डिसी, जिपी तिमिल्सिना, रविन गुरुङ्ग, दिपक वाइवा, धन प्रसाद तामाङ , राजकुमार लामा, सुदिप पोखरेल, दिपेन्द्र श्रेष्ठ, रिजन रिजाल, लक्की क्षेत्री, आचार्य नुर्बु ग्यात्सो लामा र डा. विकासनन्द योगी लगायतले बिभिन्न बिषयमा तालिम प्रदान गरेका छन् । डेढ महिने लामो तालिमको कोरियोग्राफर मलिना हिराचन हुन । कार्यक्रमको अफिसियल फोटोग्राफर सन्जय शाक्य हुन भने नृत्य प्रशिक्षक राम लामा रहेका छन् ।

यसैविच मिस तामाङ पोखरा २०१८ को ट्यालेन्ट सो र प्रि जजिंग सम्पन्न भएको छ । शनिबार पोखराको बिजी बि क्याफेमा कार्यक्रको तयारी स्वरुप ट्यालेण्ट राउण्ड र प्रि जजिंग गरिएको बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । संगीतकार तथा रचनाकार तिर्थ तामाङको प्रमुख निर्णायक रहेको निर्णायक मण्डलको टोली ट्यालेण्ट राउण्डमा रहेका थिए ।

पोखरा सभागृहमा हुने अन्तिम प्रतिस्पर्धामा प्रथम नेपाल आइडल बुद्ध लामालाई सम्मान गरिने छ । कार्यक्रममा गायक अभिनाश घिसिङ्ग सोनिका लामा के.सी लगायत राष्ट्रिय ख्याती प्राप्त कलाकारका प्रस्तुतीका साथै तामाङ्ग सांस्कृतिक नृत्य रहने छन् ।

कार्यक्रमको उद्देश्य पोखराको लेकसाईडमा निर्माणाधिन रिन्छिन तोर्जेत शान्ति गुम्बालाई सहयोग गर्ने रहेको छ ।

पुरा पढ्नुहोस
Advertisement

छापावाल सुन प्रतितोला५६०००/-
तेजाबी सुन प्रतितोला५५७००/-
चाँदी प्रति तोला७८५/-
Advertisement pokharanews ad
Advertisement

धेरै पढिएको