रासस अध्यक्ष वाग्लेद्वारा पोखरा कार्यालयको निरीक्षण

पोखरा न्युज –

राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले पोखरास्थित रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आज निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा उहाँले निकट भविष्यमा नै पोखरास्थित जीर्ण कार्यालय भवन भत्काई नयाँ भवन निर्माणको तयारी गर्नुपर्ने सम्बन्धमा पोखरामा कार्यरत कर्मचारीसँग सुझाव लिनुभयो ।

नेपाल सरकारले पोखराको नयाँ कार्यालय भवन निर्माणका लागि यस आर्थिक वर्षमा रु एक करोड बजेट निकासा दिने भएको बताउँदै उहाँले भवन निर्माण गर्न सरकारले क्रमागत बजेट निकासा दिने विश्वासका साथ निर्माण कार्यलाई अघि बढाउने लक्ष्य राखिएको बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button