बाढी प्रभावित जिल्लामा स्वच्छ खानेपानीको व्यवस्था गर्न निर्देशन

पोखरा न्युज –

खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले बाढी प्रभावित जिल्लामा स्वच्छ खानेपानीको व्यवस्था गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले मन्त्रालयअन्तर्गतका कार्यालयका अधिकारीलाई प्रभावित क्षेत्रमा स्थलगत रुपमै गएर खानेपानीको समस्या समाधान र राहतका लागि पहल गर्न पनि निर्देशन दिनुभयो ।

“बाढीको प्रकोपमा परेका पीडित खानेपानीका कारण अन्य रोगको पनि शिकार हुन सक्ने र सरुवा रोगको प्रकोप फैलन सक्ने भएकाले अगाडि नै सचेत हुनुपर्छ, प्रभावित क्षेत्रमा खानेपानी र सफाइको समस्या हुने भएकाले सचेत भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा खानेपानी तथा ढल निकास विभाग, नेपाल खानेपानी संस्थान, खानेपानी तथा सरसफाइ कोष विकास समितिलगायत कार्यालयका अधिकारीको उपस्थिति रहेको मन्त्री यादवका प्रेस संयोजक भूषण पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्री यादवले दातृ संस्थाहरु अक्सफाम, युनिसेफ, वल्र्ड भिजन, नेपाल रेडक्रस सोसाइटी, केयर नेपाललगायतलाई बाढीले तराई÷मधेशलगायत जिल्लामा पानीको मुहान विच्छेद गरेकाले उपत्यकाबाटै ‘मिनरल वाटर’ वा पिउन योग्य पानी लगेर भए पनि वितरण गर्न आह्वान गर्नुभयो ।

स्वास्थ्य सुरक्षाका लागि ‘स्वास्थ्य किट’ वितरण गर्न पनि उहाँले संस्थाका प्रतिनिधिसँग अनुरोध गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button