पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसमा झण्डोत्तलन

पोखरा न्युज –

पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासमा पाकिस्तानको राष्ट्रिय झण्डाको झण्डोत्तलन गरिएको छ ।

झण्डोत्तलन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत मजर जावेदले आतंकवादविरुद्ध लड्दै आर्थिक विकासको बाटोमा पाकिस्तान अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले नेपाल–पाकिस्तानबीचको मैत्री सम्बन्ध आगामी दिनमा अझ फराकिलो बन्दै जाने विश्वास व्यक्त गर्दै हालै नेपालको विभिन्न भू–भागमा बाढी पहिरोबाट जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभयो ।

स्वतन्त्रता दिवसका अवसरमा पाकिस्तानका राष्ट्रपति ममनुन हुसैन तथा प्रधानमन्त्री सहिद खाक्वान अब्बासीले दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । सन्देशमा उहाँहरुले पाकिस्तान छिमेकी मुलुकहरुसँग सकारात्मक र रचनात्मक सम्बन्ध विस्तार गर्न, आतंकवादको विरुद्धमा लड्न तथा प्रजातान्त्रिक अभ्यासलाई सबलीकरण गर्दै मुलुकको सम्बृद्धिमा लाग्ने बताउनुभएको छ ।

समारोहमा दूतावासका वरिष्ठ कर्मचारी एवं काठमाडौँमा बसोबास गरी विभिन्न पेशा व्यवसायमा संलग्न पाकिस्तानी नागरिकको उपस्थिति रहेको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button