पोखरा नगरबसमा जिपिएस प्रणाली जडान

पोखरा न्युज –

सामाजिक सम्मानबाट पौडेल र पत्रकारबाट वन्जरा सम्मानित हुने

पोखरा नागरिक समाजका संयोजक तथा पोखरा बहृत सफाई अभियानका अभियान्ता राम बहादुर पौडेल र पत्रकार यदुनाथ बन्जरा सम्मानित हुने भएका छन । पोखरा वस व्यवसायि समितिको भोलि सुक्रबार हुने साधारण सभाको अवसरमा पौडेल र वन्जरालाई सम्मान गरिने भएको समितिले जनाएको छ ।

सामाजिक क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुराएको भन्दै पौडेललाइ र सडक पत्रकारीताको क्षेत्रमा महत्वपुर्ण मुमिका निर्वाह गरेको भन्दै समितिले सम्मान गर्ने भएको सचिव अमृत तिमिल्सिनाले बताए । समितिले भदौ २ गते साधारण सभाको अवसरमा हर्क बहादुर गुरुङ स्मृति सामाजिक सम्मानबाट पौडेललाई सम्मान गर्ने भएको हो । उनीहरुलाई सम्मान पत्रको साथमा जनहि १० हजार पुरस्कार रहेको समितिले जनाएको छ ।

पोखरामा हाल संचालनमा आएका माईक्रोवसहरुमा ग्लोवल पोजिसन सिस्टम (जिपिएस) जडान गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकालाई स्मार्ट सिटि बनाउने अभियान अन्र्तगत आफ्नो क्षेत्रबाट पोखरामा हाल संचालनमा रहेका सवै माईक्रो बसमा जिपिएस सिस्टम जडान गरिएको सचिव तिमिल्सिनाले बताए । पोखरामा हुने सडक दुर्घटना देखि यात्रु मैत्रि तथा आधुनिक सेवा दिने उद्धेश्यले समितिले हालै पोखरामा उक्त सेवा दिगो रुपमा प्रभाविकारी हुने गरी संचालनमा ल्याएको सचिब तिमिल्सिनाले बताए । उनले भने “ हाल समितिमा आवद्ध भएका ३ सय ७८ वटा बसमा जिपिएस सिस्टम जडान भएको छ, जसको मनिटरिङ समितिको कार्यालयबाटै हुन्छ । ” जिपिएस सिस्टमलाई दिगो रुपमा प्रभावकारी बनाउने उद्धेश्यले आफुहरुले ईन्जीनियर, ओभरसियर सहितका ४ जनालाई रोजगार दिएको बताए । उनका अनुसार उक्त सिस्टम जडानको लागि मात्र करिब एक करोड खर्च भएको छ । ३ बर्र्ष अघि केहि सिमित सवारी साधनमा उक्त सिस्टम जडान भए पनि त्यसको अनुगमन गर्न नसक्दा सोचे जति प्रभावकारी नभएको उनले जनाए ।

यसैबिच, समितिले आन्तरिक तथा बाह्यि पर्यटक सहित स्थानियहरुलाई सेवा दिने उद्धेश्यले सन्ध्याकालीन बस सेवा सञ्चालनमा ल्याईएको छ । विभिन्न संघ संस्था तथा स्थानियको माग अनुसार पोखरा बस व्यवसायी समितिले हालै सन्ध्याकालिन बस सेवा सञ्चालनमा ल्याएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button