गणेश बराल, पोखरा न्युज ।
कास्की प्रहरीले पोखरा लेखनाथ महानगरका बिभिन्न ९ स्थानमा छापामारि जुवा तास खेलिरहेका ६४ जनालाई पक्राउ गरेको छ । पछिल्लो ६ दिन अर्थात एक साता भित्र नगर क्षेत्रमा ६४ जना व्यक्ति रङ्गेहात पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुको साथबाट १५ लाख ३७ हजार १ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
चाडबाड नजिकिदै गरेको अवस्थामा जुवा तास खेल्नेहरुको संख्यामा बृद्धि भएको तथ्य फेलापारेपछि कास्की प्रहरीले जुवाडे बिरुद्धको अभियानलाई तिब्र पारेको बताएको छ । अभियानसंगै दिनहुजसो पोखरा नगरक्षेत्रका विभिन्न स्थानवाट जुवा तास खेल्दै गरेको अबस्थामा जुवाडेहरु पक्राउ पर्न थालेका छन् । सोमवार देखि बिहिबारसम्म लगातार चार दिनमा ४६ जना जुवाडेलाई पक्राउ गरेको कास्की प्रहरीले शनिबार ८ जना जुवाडेलाई पक्राउ गरेको छ । यसैगरी आइतबार ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीद्वारा पोखरा लेखनाथ महानगरपालिका २७ कालिगण्डकी चोक स्थित मिना कुमारी पुनको घरमा तास खेल्दै गरेका १० जना पक्राउ गरेको प्रहरीले जनाएको छ । अनुसन्धान तथा गोप्य सुचनाको आधारमा पोखराका बिभिन्न क्षेत्रमा छापा मार्ने कार्यलाई तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक खडग बहादुर खत्रीले पोखरा न्युज लाई बताए । ‘चाडबाड नजिकिदै छन, यस्तो अवस्थामा जुवातास खेल्नेहरु बढी सक्रिय हुन्छन, हामीले छापामार्ने कार्य संगसंगै अनुसन्धानन अगाडि बढाएका छौ’ , खत्रीले भने ।
साता भित्र को को कहाँबाट के कति रकमका साथ् पक्राउ परे त् ? घटना विवरण यस्ता छन् –
घटना विवरण : १
मिति २०७४।०४।३० गते
पोखरा लेखनाथ महानगरपालिका बडा नं ७ रत्नचोक स्थित भुपु APF खाजा घरमा १० जना । बडा प्रहरी कार्यालय बैदाम कास्की द्वारा , ६ बुक तास र नगद रु ५७,६१० बरामद ।
पक्राउ पर्ने हरु
१ म्याग्दी धवलागिरी गाउपालीका ४ घर भई हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ३८ को अर्जुन घर्ती ।
२ गुल्मी पिपलधारा ९ घर भई हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ३६ को विनोद थापा ।
३ गुल्मी मालिका ७ घर भई हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ३८ को होत बहादुर खत्री ।
४ कास्की पोलेमनपा ८ सृजनाचोक बस्ने बर्ष २८ को दिनेश कार्की ।
५ कास्की पोलेमनपा ४ गैह्रपाटन बस्ने बर्ष २५ को चन्द्र नेपाली ।
६ स्याङजा विरुवा ४ घर भई हाल पोलेमनपा ४ बस्ने बर्ष ५२ को नारायण पोख्रेल ।
७ स्याङजा विरुवा ४ घर भई हाल पोलेमनपा ४ बस्ने बर्ष ५२ को ईश्वर थापा ।
८ स्याङजा विरुवा ४ घर भई हाल पोखरा ७ रत्नचोक बस्ने बर्ष ४० को खुम गुरुङ ।
९ गोरखा सिरानचोक गाउपालिका ६ घर भई हाल ऐ।ऐ। बस्ने बर्ष ४९ को गगन बस्नेत
१० भारत मोतीहारी घर भई हाल ऐ।ऐ।बस्ने बर्ष ४२ को ललन गुप्ता
घटना विवरण : २
मिति २०७४।०४।३० गतेनै
पोखरा लेखनाथ महानगरपालिका बडा नं १० महेन्द्रपुल स्थित भुपेन्द्र हिराचनको घरको पाचौं तलामा ८ जना । जिल्ला प्रहरी कार्यालय कास्की द्वारा ८ बुक तास र नगद रु १०,६५,६५० बरामद ।
पक्राउपर्ने हरु
१ तनहू शुक्लागण्डकी ५ खैरेनिटार बस्ने बर्ष ७६ को ज्वाहारचन ।
२ कास्की पोखरा लेखनाथ मनपा। १० बस्ने बर्ष ५१ को भुपेन्द्र हिराचन ।
३ कास्की पोखरा लेखनाथ मनपा ११ बस्ने बर्ष ४९ का भिम बहादुर तिमिल्सेना ।
४ कास्की पोखरा लेखनाथ मनपा ९ नागढुगा बस्ने बर्ष ४८का यज्ञ कुमार गौचन ।
५ कास्की पोखरा लेखनाथ मनपा १० रामबजार बस्ने बर्ष २८ का नविन गौचन ।
६ कास्की पोखरा लेखनाथ मनपा ५ मालेपाटन बर्ने बर्ष ३८ का ठाकुर प्रसाद गुरुङ ।
७ कास्की पोखरा लेखनाथ मनपा ८ बस्ने बर्ष ३५ कि संगिता गुरुङ ।
८ कास्की पोखरा लेखनाथ मनपा १८ बस्ने बर्ष ३५ कि कृष्ण कुमारी गुरुङ ।
घटना विवरण : ३
मिति २०७४।०४।३१ गते
पोखरा लेखनाथ महानगरपालिका बडा नं ११ फुलबारी स्थित दुर्गा बहादुर पुनको १ तले घरमा, ७ जना । बडा प्रहरी कार्यालय बगर कास्कीद्वारा ४ बुक तास सहित नगद रु १,६८,७३५ बरामद ।
पक्राउपर्ने हरु
१ कास्की पोखरा लेखनाथ मनपा ११ बस्ने बर्ष ५८ को दुर्गा बहादुर पुन,घरधनि ।
२ कास्की पोखरा लेखनाथ मनपा(३३ बस्ने बर्ष ३३ को चन्द्र बहादुर थापा ।
३ म्याग्दी खिबाङ घर भई हाल पोखरा लेखनाथ ११ बस्ने बर्ष ३२ कि भविषा पुन ।
४ म्याग्दी शिख घर भई हाल पोखरा लेखनाथ ११ बस्ने वर्ष ३५ को कृष्ण पुन ।
५ म्याग्दी शिख घर भई हाल पोखरालेखनाथ ११ बस्ने बर्ष ३२ को रामचन्द्र पुन ।
६ म्याग्दी खिबाङ घर भफ हाल पोखरा लेखनाथ ११ बस्ने बर्ष ३४ को कमल पुन ।
७ म्याग्दी बरङजा घर भई हाल पोखरा लेखनाथ ११ बस्ने बर्ष ५२ कि सिसामति घर्ती ।
घटना विवरण : ४
मिति २०७४।०४।३२ गते
पोखरा लेखनाथ मनपा १० शिबचोकमा सुजन कार्की को घरमा, ४ जना । बडा प्रहरी कार्यालय रामबजार कास्कीद्वारा रु २७,९७० बरामद ।
पक्राउपर्ने हरु
१ पोखरा लेखनाथ महानगरपालिका १ शिबचोक बस्ने बर्ष ५८ को सुजन कार्की ।
२ पोखरा लेखनाथ महानगरपालिका १ शिबचोक बस्ने बर्ष ४७ को बिरेन थापा ।
३ पोखरा लेखनाथ महानगरपालिका १ शिबचोक बस्ने बर्ष ७२ को सुर्य बहादुर लामा ।
४ पोखरा लेखनाथ महानगरपालिका १२ कुडहरचोक बस्ने बर्ष ४७ को ईश्वर कार्की ।
घटना विवरण : ५
मिति २०७४।०५।०१ गते
पोखरा लेखनाथ १४ चाउथे स्थित तनहूँ थानीभाई होटल भित्र रहेको कोठामा, ५ जना । बडा प्रहरी कार्यालय रामबजार कास्कीद्वारा २३,७६० बरामद ।
पक्राउपर्ने हरु
१ तनहुँ भानु नपा ४ घर भई हाल पोखरा लेखनाथ १४ बस्ने बर्ष ४५ को राम कृष्ण जोशी ।
२ पोखरा लेखनाथ २५ बिजयपुर बस्ने बर्ष ३० को प्रेम गुरुङ ।
३ पोखरा लेखनाथ १४ चाउथे बस्ने बर्ष ४५ को अमृत बहादुर कार्की ।
४ पोखरा लेखनाथ १४ चाउथे बस्ने बर्ष ३० को मनोज लामा ।
५ पोखरा लेखनाथ १४ चाउथे बस्ने बर्ष ३० को बिनोद सेदाई ।
घटना विवरण : ६
मिति २०७४।०५।०१ गतेनै
पोखरा लेखनाथ १७ स्थित बिरौटा स्थित गोपि श्रेष्ठको ३ तले घरको कोठाभित्र, ५ जना । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा रु ६२,७२५ बरामद ।
पक्राउपर्ने हरु –
१ पोखरा लेखनाथ महानगरपालिका १७ बस्ने बर्ष ४८ कि गोपि श्रेष्ठ ,घरधनि ।
२ दोलखा भिमेश्वर न।पा।९ घर भई हाल पोखरालेखनाथ ९ बस्ने बर्ष ३४ को राजेन्द्र श्रेष्ठ ।
३ कास्की पोखरा लेखनाथ महानगरपालिका बडा नं ९ बस्ने बर्ष ४९ को किसोर शर्मा ।
४ मुस्ताङ तुकुचे ६ घर भई हाल पोखरालेखनाथ(८ नागढुगा बस्ने बर्ष ४४ को प्रेम बुढाथोकी ।
५ स्याङजा बानेथोक देउराली घर भई हाल पोखरालेखनाथ (८ बस्ने बर्ष ५७ को डोल बहादुर थापा ।
घटना विवरण : ७
मिति २०७४।०५।०१ गतेनै
पोखरा लेखनाथ महानगरपालिका बडा नं १२ शितलादेबी स्थित खेम बहादुर गुरुङको घरमा, ७ जना । बडा प्रहरी रामबजार कास्कीद्वारा रु १३,९५५ बरामद ।
पक्राउपर्ने हरु –
१ पोखरा लेखनाथ महानगरपालिका बडा नं १३ मियापाटन बस्ने बर्ष ५० को प्रेम लामा ।
२ पोखरा लेखनाथ महानगरपालिका बडा नं १३ मियापाटन बस्ने बर्ष ३६ को निर्मल गुरुङ ।
३ पोखरा लेखनाथ महानगरपालिका बडा नं १३ मियापाटन बस्ने बर्ष ३१ को हितमान गरुङ ।
४ पोखरा लेखनाथ महानगरपालिका बडा नं १२ शितलादेबी बस्ने बर्ष ६० को खेम गुरुङ,घरधनि ।
५ पोखरा लेखनाथ महानगरपालिका बडा नं १२ शितलादेबी बस्ने बर्ष ७७ को बिर्ख बहादुर गुरुङ ।
६ पोखरा लेखनाथ महानगरपालिका बडा नं १२ शितलादेबी बस्ने बर्ष ३१ को अनु गरुङ ।
७ पोखरा लेखनाथ महानगरपालिका बडा नं १० अंमरसिह बस्ने बर्ष ५३ को बिष्णु पोखरेल ।
घटना विवरण : ८
मिति २०७४।०५।०३ गते ।
पोखरा लेखनाथमनपा बडा नं १० घलेचोक स्थित रन्जु श्रेष्ठ घरमा डेरा गरी बस्ने मिन बहादुर थापाको कोठामा, ८ जना । बडा प्रहरी कार्यालय रामबजार कास्कीद्वारा रु २९,९४५ बरामद ।
पक्राउपर्ने हरु –
१ पोखरा लेखनाथ मनपा ११ रानिपौबा बस्ने बर्ष ४३ को राम बहादुर थापा ।
२ पोखरा लेखनाथ मनपा बडा नं १० बस्ने बर्ष ६३ को धन प्रसाद पुन ।
३ पोखरा लेखनाथ मनपा बर्ष ५८ को मिन बहादुर थापा ।
४ पोखरा लेखनाथ मनपा बस्ने बर्ष ६३ को भिम बहादुर गुरुङ ।
५ पोखरा लेखनाथ मनपा बस्ने बर्ष ३५ की बिमला पुन ।
६ पोखरा लेखनाथ मनपा बस्ने बर्ष ५२ की कल्पना मिदुन ।
७ पोखरा लेखनाथ मनपा बस्ने बर्ष ३६ कि कृष्ण ठाडा मगर ।
८ पोखरा लेखनाथ मनपा बस्ने बर्ष ३५ का प्रकाश गुरुङ ।
घटना विवरण : ९
मिति २०७४।०५।०४ गते ।
पोखरा लेखनाथ महानगरपालिका २७ कालिगण्डकी चोक स्थित मिना कुमारी पुनको घरमा, १० जना । ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीद्वारा ४ बुक तास र नगद रु ८६,७५० बरामद ।
पक्राउपर्ने हरु –
१ कास्की अन्नपुर्ण गाउँपालिका वडा नं.८ म्यादे बस्ने बर्ष ४१ को केशर पुन ।
२ कास्की मादी गाउँपालिका वडा नं.-३ बस्ने बर्ष ३२ को गिमान पुन ।
३ कास्की अन्नपुर्ण गाउँपालिका वडा नं.-७ बस्ने बर्ष ४४ को रेम बहादुर पुन ।
४ कास्की अन्नपुर्ण गाउँपालिका वडा नं.-७ बस्ने बर्ष ४४ को हिमाल पुन ।
५ म्याग्दी रथु गाउँपालिका वडा नं.-६ बस्ने बर्ष ३६ को कुमार पुन ।
६ पोखरा लेखनाथ महानगरपालिका वडा नं.-२७ बस्ने बर्ष ३४ को करुणा थापा ।
७ पोखरा लेखनाथ महानगरपालिका वडा नं.-२७ बस्ने बर्ष ३० की निरा पुन ।
८ पोखरा लेखनाथ महानगरपालिका वडा नं.-२७ बस्ने बर्ष २७ की बिष्णु पाईजा पुन ।
९ पोखरा लेखनाथ महानगरपालिका वडा नं.-२७ बस्ने बर्ष ३९ की कुमारी पुन ।
१० पोखरा लेखनाथ महानगरपालिका- २७ स्थित कालिगण्डकी चोक बस्ने बर्ष ३० की मिना कुमारी पुन,घरधनि ।
यसरी पछिल्लो ६ दिनमा कास्की प्रहरीले ६४ जना पक्राउ गर्दै १५ लाख ३७ हजार १ सय रुपैयाँ बरामद गरेको जनाएको छ ।