पूर्व युवराज्ञी हिमानीद्वारा २५० परिवारलाई राहत वितरण

पोखरा न्युज –

पर्साको पोखरिया नगरपालिकाका बाढीपीडितलाई आज पूर्व युवराज्ञी हिमानी शाहले राहत वितरण गर्नुभयो ।

पोखरिया नगरपालिकास्थित श्री जिल्ला उचांगल उच्चमाविको प्राङ्गणमा पूर्व युवराज्ञी शाहले २५० बाढीपीडित परिवारलाई राहत वितरण गर्नुभएको हो । जिल्ला दैवी प्रकोप उद्धार समिति पर्साको समन्वय र हिमानी ट्रष्टको आयोजनामा राहत वितरण गरिएको हो ।

साउन २६ देखि ३० गतेसम्म परेको अविरल वर्षाका कारण डुबानमा परेका बाढीपीडितलाई त्रिपाल, चामल, चिउरा, बिस्कुट, नून, खानेतेललगायतका सामग्री वितरण गरिएको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button