Connect with us

पर्यटन

सौराहामा पर्यटकको चहलपहल शुरु

सौराहामा पर्यटकको चहलपहल शुरु

द्दण्ज्ञठ(ण्ड(द्दछ ज्ञद्धस्द्दढ

चितवन, ९ भदौ । पर्यटकको आगमन शुरु भएकै बेला बाढीका कारण होटल डुबानमा परेपछि अस्तव्यस्त भएको सौराहामा पर्यटकको चहलपहल शुरु भएको छ ।

साउन २९ गते राति बाढीले अधिकांश होटल डुबानमा परेपछि त्यहाँ रहेका पर्यटकलाई उद्धार गरिएको थियो । डुबानका कारण होटलमा रु १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याँक छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार त्यहाँका ११० वटा होटलमध्ये आधाभन्दा बढी पुनः सञ्चालनमा आएका छन् । राप्ति नदी छेउमा नै रहेका १२ वटा रेस्टुरेन्ट पूर्णरुपमा क्षति भएका थिए भने अन्यमा आंशिक प्रभाव परेको थियो ।

आंशिक प्रभावमा परेका धेरैजसो होटल मर्मत सम्भार गरी पुनः सञ्चालनमा आएको उहाँले बताउनुभयो । बाढी गएका दिन सौराहामा ६०० पर्यटक रहेका थिए । त्यसपछिको दुई साता न्यून पर्यटकमात्र रहेका थिए । आजसम्म आइपुग्दा पर्यटकको संख्या दैनिक एक सयजना नाघेको घिमिरेले बताउनुभयो । उक्त समयमा भएका बुकिङ रद्ध हुँदा रु चार करोडभन्दा बढी नोक्सान भएको उहाँले बताउनुभयो । आउँदो साताबाट क्रमशः पर्यटक बढ्दै जाने अपेक्षा व्यवसायीले गरेका छन् ।

होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले कोठामा पानी नपसेकाले बाढी गएको तेस्रो दिनबाटै होटल सञ्चालनमा आएको बताउनुभयो । सौराहाका १५ वटा होटलले बाढी गएको तीन दिनपछि नै सेवा शुरु गरेका थिए । दुवाडीले आज पनि होटलमा १० जना पर्यटक रहेको बताउनुभयो । बाढी गएका दिन सो होटलमा ५७ जना पर्यटक रहेका थिए ।

पर्यटकको चहलपहल शुरु भएपछि सौराहामा हात्ती, जिप, डुंगा सफारी शुरु भइसकेको छ । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिका कारण हुने अवरोधले सौराहामा पर्यटन क्षेत्र प्रभावित भएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो । रासस

पर्यटन

मुस्ताङमा पर्यटक आगमन चौँतिस प्रतिशतले वृद्धि

पोखरा न्युज, ०८ माघ –

हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४९ प्रतिशतले बढेको छ ।

सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जनाएको छ ।

सन् २०१७ मा ५२ हजार ४७५ पर्यटकले मुस्ताङको भ्रमण गरेका कार्यालयका प्रमुख तुलसी दाहालले जानकारी दिए। उपल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटकको संख्या चार हजार ११५ जना रहेको छ ।

सन् २०१६ मा ३९ हजार १७ तथा सन् २०१५ मा २५ हजार २७२ पर्यटकले जिल्लाको भ्रमण गरेका थिए । शान्ति सुरक्षाको अवस्था राम्रो, राजनीतिक स्थिरता, यातायातको सहज पहुँच तथा प्रचारप्रसारका कारण भ्रमणमा आउने आन्तरिक र बाह्य पर्यटक वर्षेनी बढ्दै गएको दाहालले बताए ।

भारत, चीन, अमेरिका, बेलायत, फ्रान्स, नेदरल्याण्ड, दक्षिण कोरिया, क्यानडा, न्यूजिल्याण्ड, इजरायललगायत देशका पर्यटक जिल्लाको भ्रमणमा आउने गरेका छन् । अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत पर्ने जिल्लामा प्राकृतिक सुन्दरता, पृथक् भूवनोट, हिमाली जीवन शैली, मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, माटोको शहरका रुपमा परिचित लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, मुक्तिनाथ, थोराङ्ला झञ्ज्याङ, मार्फा, ठिनी, कागबेनीलगायत थुप्रै पर्यटकीयस्थल रहेका छन् ।

मरुभूमि जस्तै भूगोलको पृष्ठभूमिमा देखिने हिमाल, साहसिक पदयात्रा, थकाली, गुरुङ, लोवा (विष्ट) जातिको जीवनशैली, गुम्बा र गुफाहरु यहाँको पर्यटकीय आकर्षण हुन् । पर्यटकको आवागमन बढेसँगै जिल्लाका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

एक्यापले जिल्ला भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीमा तथ्याङ्क संकलन गर्दै आएको छ । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति रु २०० र अन्य मुलुककाले प्रतिव्यक्ति रु दुई हजारका दरले शुल्क तिर्नुपर्छ ।

उपल्लो मुस्ताङको भ्रमणका लागि विदेशी नागरिकले अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । बढीमा १० दिनका लागि प्रतिदिन ५०० डलरका दरले राजश्व बुझाएपछि विभागले भ्रमणका लागि अनुमति दिने गर्छ । मुस्ताङलाई लोन्ली प्लानेटले सन् २०१७ मा विश्वका घुम्नै पर्ने १० स्थानमा सूचीकृत गरेको थियो । म्याग्दी, पोखरा, काठमाडौँ, भैरहवालगायत ठाउँबाट मुस्ताङका लागि यातायात सेवा सञ्चालनमा छ ।

पुरा पढ्नुहोस

पर्यटन

पोखरामा संख्यात्मकभन्दा गुणात्मक पर्यटनमा जोड

पोखरा न्युज, ०८ माघ –

नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक अघि सारे पनि पोखराका पर्यटन व्यवसायी भने त्यसमा सन्तुष्ट देखिएका छैनन् ।

सन् २०१७ मा पोखराको पर्यटन सम्बन्धमा छलफलका लागि नेपाल पर्यटन बोर्ड पोखराद्वारा आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले केवल संख्या मात्र बढेर पर्यटन व्यवसाय फस्टायो भन्न नमिल्ने बताएका छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भूकम्पपछि सन् २०१७ मा १० लाख ६० हजार विदेशी पर्यटक नेपाल आएको बताए ।

“भूकम्पले नेपालका केही सीमित ठाउँमा क्षति बनाए पनि त्यसले समग्र नेपालकै पर्यटनमा असर पार्यो,” उनले भने, “यसबीचमा सबै क्षेत्र र सम्पदा क्षति भएका होइनन् भन्ने सन्देशलाई विश्व बजारमा लैजाने प्रयासका कारण पर्यटकको आगमनमा वृद्धि भएको हो ।”

सरकारले केबल पर्यटकको संख्या बढ्यो भनेको छ, उक्त संख्या बढ्दै गर्दा व्यवसायीको अवस्था के छ भन्नेतर्फ ध्यान दिइएको छैन,” पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताए ।

सरकारले संख्यात्मकभन्दा पनि गुणात्मक पर्यटक भित्र्याउने वातावरण नबनाउँदासम्म संख्या मात्र बढ्दा हौसिनुपर्ने अवस्था नरहेको उनले बताए । विसं २०७२ मा गएको विनासकारी भूकम्पका कारण त्यसयता पर्यटकको संख्यामा गिरावट आएको थियो ।

पर्यटन विभागको तथ्यांकअनुसार सन् २०१६ मा सात लाख ५३ हजार पर्यटक नेपाल आएका थिए । सन् २०१५ मा भने नेपालमा आउने पर्यटकको संख्या जम्मा पाँच लाख ३९ हजार रहेको थियो ।

विभागको तथ्यांकले सन् २०१४ मा सात लाख ९० हजार र २०१३ मा सात लाख ३६ हजार पर्यटक नेपाल आएको देखाएको छ । पर्यटन आर्थिक समृद्धिको आधार भएको बताउने प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारी यसको विकासका लागि सडक सञ्चालको विस्तारका साथै निर्माणाधीन विमानस्थललाई चाँडो सम्पन्न गर्नुपर्ने बताउछन् ।

“पोखराको समग्र पर्यटकीय विकासका लागि पर्यटन सम्बद्ध संघ संस्था र व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्नु आवश्यक छ,” पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले भने ।

“पोखरामा कति पर्यटक आए भन्ने यकिन तथ्यांक हालसम्म कुनै निकायसँग छैन,” उनले भने, “संख्या यति उतिभन्दा पनि पर्यटकको आगमनले पर्यटन व्यवसायलाई कति फाइदा पुग्यो त्यो महत्वपूर्ण कुरा हो ।”

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दिल गौतम, पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचन, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पर्यटन व्यवसायी गोविन्द पहारी, वरिष्ठ सञ्चारकर्मी नारायण कार्कीलगायतले गुणस्तरीय पर्यटक भित्र्याउन नसक्दासम्म यस क्षेत्रले राम्रो गति लिन नसक्ने बताए ।

पुरा पढ्नुहोस

Main News

पोखराको हरिहर क्षेत्रमा योगा पर्यटनको खोजी

टानद्वारा एक दिने पदयात्रा सम्पन्न

योगा पर्यटन र धार्मिक पर्यटनलाई समेत प्रवद्र्धन गर्ने गरी कास्कीको भलाम स्थित हरिहर गुफालाई समेटेर ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले शनिबार एक दिने पदयात्रा (डे हाइक) सम्पन्न गरेको छ ।

संसारकै होचो स्थानमा रहेको हिमताल भनी प्रचारित कास्कीको कफुचे ताललाई लक्षित गरी एक हप्ता लामो पदयात्रा मार्गको खोज तथा अनुसन्धान सम्पन्न गरेको केही दिन पछि टानले छोटो समयको पदयात्रा चाहने पर्यटकका लागि डे हाइकका लागि अर्को नयाँ मार्ग विकास गर्न खोजेको हो ।

कास्कीको दीपबाट भलामको हरिहर गुफा हुँदै अर्मलाकोट उक्लिएर टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा अन्तर्गतका ४० व्यवसायी आँटीघर मौजा हुँदै पोखरा झरेका थिए । समय कम भएका पर्यटकका लागि पोखरा वरपरका डाँडाकाँडा घुमाउने उद्धेश्यले यो मार्ग विकास गर्न लागिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक राज अधिकारीले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिका– २० भलाममा रहेको हरिहर गुफामा विक्रम सम्बत् १९०६ मा श्री ३ जंगबहादुर राणाको पालामा हरिहर भगवानको पूजा गर्ने थालनी भएपछि गुफा अस्तित्वमा आएको गुफा व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष विष्णु खत्रीले जानकारी दिए । हरिहर गुफा पोखराबाट एक घण्टाको पैदल दुरीमा रहे पनि ओझेलमा परेको उनले सुनाए ।

गुफा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रशस्त संभावना आफूहरुले पाएको टानका पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष अधिकारीले बताए । गुफा क्षेत्र वरपर शान्त वातावरण भएका कारण योगा पर्यटनको पनि उत्तिकै संभावना रहेको भनाई अधिकारीको छ । पछिल्ला दिनमा योगा पर्यटनले समेत बढी महत्व पाउन थालेको भन्दै अधिकारीले हरिहर क्षेत्रमा पनि त्यसप्रकारको पर्यटन विकास गर्न आफूहरुले थप अध्ययन गर्ने भनाई राखे ।

डे हाइकका क्रममा गुफा पुगेको टान टोलीले त्यहाँ स्थित सन्यास आश्रमका एकदर्जन वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको थियो । आफ्नो व्यवसायका अतिरिक्त समाजिक उत्तरदायित्वलाई समेत ख्याल गर्दै वृद्धवृद्धलाई कपडा वितरण गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका सचिव सुशीलराज पौडेलले जानकारी दिए । हरिहर गुफामा संक्षिप्त कार्यक्रम सम्पन्न गरी टानको टोली अर्मला पुगेको थियो । टोलीमा अमेरिकी तथा कोरियाली नागरिक समेत सहभागी भएका थिए । डे हाइकको रुपमा विकास गर्न लागिएको यो मार्ग अन्नपूर्ण संरक्षण क्षेत्र भित्र नपर्ने भएका कारण पर्यटकले अतिरक्त दुई हजार रुपैयाँ प्रवेश शुल्क तिर्नु पर्दैन ।

अर्मलामा आयोजित कार्यक्रममा स्थानीय वासिन्दा कर्णबहादुर गुरुङले कफुचे जाने पर्यटक हुन् वा एक दिने पदयात्रामा आउने पर्यटक सबैलाई स्वागत गर्न आफ्नो गाउँ सधैं तयार रहेको बताए । अर्का समाजसेवी तेज गुरुङले अर्मला क्षेत्रले प्रचूर पर्यटकीय संभावना बोकेको बताए । सो अवसरमा महानगरको वडा नम्बर १६ का वडाअध्यक्ष जीवन आचार्यले पर्यटन र कृषिलाई सँगै अगाडि बढाउन सके कुनै पनि गाउँले छिटो प्रगति गर्ने बताए । टानका अध्यक्ष अधिकारीले घरबास, सरसफाई र पकाउने तथा खुवाउने सम्बन्धि तालिम गाउँलेका लागि टानले निकट भविश्यमा संचालन गर्ने बचन दिए ।

हरियाली जंगल, काली खोला, झोलुंगे पुल, विविध चराचुरुंगीको अवलोकन, अन्नपूर्ण हिमश्रृंखलाको नजिकबाट अवलोकन, झरनाहरु, परम्परागत गुरुङ वस्ती, उनीहरुको संस्कृति र टारीहरु यो पदयात्रा मार्गका विशेषताहरु हुन् । महानगरको वडा १६, २० र नेपाल पर्यटन वोर्डले कार्यक्रमलाई सघाएका थिए ।

पुरा पढ्नुहोस
Advertisement

छापावाल सुन प्रतितोला५६०००/-
तेजाबी सुन प्रतितोला५५७००/-
चाँदी प्रति तोला७८५/-
Advertisement pokharanews ad
Advertisement

धेरै पढिएको