Connect with us

शिक्षा/स्वास्थ्य

तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय बनाइने

पोखरा न्युज –

शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ ।

स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिनुभयो । उहाँले आगामी ३ वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने बताउनुभयो ।

उहाँले यसै आर्थिक वर्षदेखि हामीले पुस्तकालय बनाउने काम शुरु गर्ने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार यस आर्थिक वर्षमा ३५० स्थानीय तहमा पुस्तकालय बनाउने मन्त्रालयको योजना रहेको छ । जसका लागि मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ । एउटा पुस्तकालयका लागि रु ६ लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी सातवटा प्रदेशमा पनि प्रादेशिक पुस्तकालय बनाउने उहाँले बताउनुभयो । रासस

शिक्षा/स्वास्थ्य

बच्चाको खोप कार्ड सुरक्षित राख्नुहोस्,‘ स्कुल भर्नादेखि विदेश जानसमेत आवश्यक छ’

तपाइँले आफ्ना बालबालिकालाई लगाएको खोपको विवरण राखिएको खोप कार्ड राख्नुभएको छ ?छैन भने आजैबाट आफ्ना बालबालिकाको खोप कार्ड जतन गरेर राख्नुहोस् । स्कुल भर्ना गर्ने बेलादेखि भविष्यमा विदेश जाने बेलासम्म उक्त कार्ड आवश्यक परिरहन्छ । खोपको कार्डको महत्व पछिसम्म पनि निकै महत्वपूर्ण छ ।

बालस्वास्थ्य महाशाखाका प्रमुख डा विकास लामिछानेले धेरै आमालाई बच्चाको खोप कार्ड र त्यसको महत्वबारे जानकारी नभएको बताए ।

उनले भने,‘‘धेरै कम आमाले मात्र बच्चाको खोप कार्ड राख्नुभएको छ , पहिलेको कार्ड बनेको कागज निकै कमजोर र सजिलैसँग च्यातिने, फाट्ने भएकाले सुरक्षित राख्न चुनौती भएको छ ।’’

बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख कृष्णबहादुर चन्दले नेपालका ५० प्रतिशतभन्दा कम मानिससँग मात्र खोप कार्ड रहेको बाँकीसँग आफ्ना बच्चाको खोप कार्ड नरहेको बताए ।

बालस्वास्थ्य महाशाखाले सामान्य कागजका रुपमा मात्र रहेको खोप कार्ड च्यातिने, हराउने र जनत नहुने भएपछि त्यसको व्यवस्थापन गर्न गर्त आर्थिक वर्षबाट प्लाष्टिकको कभर भएको खोप कार्ड नमुना प्रयोगमा ल्याउने कार्यक्रम बनाएको थियो ।

चालु आवको साउनबाट प्लाष्टिकको गाताभित्र राख्न मिल्ने बाल स्वास्थ्य कार्ड नाम दिइएको सो कार्डको नमुना जिल्लाका रुपमा सिन्धुलीमा सुरु गरिएको छ ।

खोप प्रमुख चन्दले सिन्धुलीमा यो नमुना परीक्षणको प्रतिक्रिया सकारात्मक देखिएकाले छिट्टै खोपको पहुँच कम रहेका थप तीन जिल्लामा यो कार्यक्रम लागू गरिने जानकारी दिए ।

बच्चालाई हरेक पटक स्वास्थ्य संस्था वा खोप केन्द्रमा खोप लगाउन जाँदा बाल स्वास्थ्य कार्ड अनिर्वाय लिएर जानुपर्छ, बालस्वास्थ्य कार्डले तपाइँको बच्चले सबै खोप पाए नपाएको भन्ने कुरा यकिन गर्ने भएकाले यसलाई सुरक्षित राख्नुपर्छ ।

स्कुल भर्ना गर्दा खोप कार्ड आवश्यक पर्ने भएकोले यो कार्डलाई जनत गरि राख्नुपर्छ,  बच्चा भविष्यमा विदेश जान चाहेमा पनि बाल स्वास्थ्य कार्ड आवश्यक पर्ने हुनाले सो कार्ड जतन गरी राख्नुपर्छ र बाल स्वास्थ्य कार्डलाई सफा, सुक्खा ठाउँमा राख्नुपर्छ । यसलाई आगो, पानी घाम, ओस र किराबाट बचाउनुका साथै बच्चाको पहुँचबाट टाढा राख्नुपर्छ ।

सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिकालाई ११ वटा खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य तथा जनसाख्यिक सर्वे २०१६ का अनुसार देशका ७८ प्रतिशत बालबालिका मात्र पूर्ण खोपको पहुँचमा रहेको देखाएको छ ।

सन् २०११ को सर्वेमा भने यो तथ्याङ्क ८७ प्रतिशत देखिएको थियो । अहिलेपनि १०० मध्ये १० जना बालबालिकाले कुनैपनि खोप पाएका छैनन् । त्यसैगरी ६६ हजार बालबालिका खोपको पहुँचमा पुगेपनि सबैले ११ वटै खोप नपाउने अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

सरकारले अगामी तीन वर्षभित्र कलेरा र टाइफाइडविरुद्वको खोप भित्र्याउने तयारी पनि गरिहरेको छ ।

पुरा पढ्नुहोस

पोखरा

पोखरामा चिनियाँ भाषाको कक्षा शुरु

पोखरा न्युज, ०९ माघ –

पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरु गरेको छ ।

साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइटस्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो ।

प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले सोमबार एक विशेष समारोहका बीच चिनियाँ कक्षाको उद्घाटन गर्दै चिनियाँ भाषाको ज्ञानले पर्यटन उद्यमशीलतासमेत बढाउने बताए ।

सन् २०२० सम्ममा २० लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको उल्लेख गर्दै उनले हाल घट्दै गएको विप्रेषणलाई पर्यटन क्षेत्रबाट आउने विदेशी मुद्राको आम्दानीबाट पूर्ति गर्न सकिने उल्लेख गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालको पर्यटन क्षेत्रलाई सुधार गरी चीनबाट मात्र होइन विश्वका अन्य देशबाट समेत भित्र्याउनको लागि काम भइरहेको जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चिनियाँ भाषाले नेपाली र चिनियाँ नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताए ।

काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटका निर्देशक प्रा डा वाङ सङलीले चिनियाँले विदेशी भाषामा बोल्न नचाहने भएकाले नेपालको पर्यटकीय क्षेत्रमा लागेकाले चिनियाँ भाषाको आधारभूत ज्ञान अनिवार्यरुपमा हासिल गर्नुपर्ने बताए ।

आफ्नै भाषामा अपनत्व खोज्ने चिनियाँ पर्यटकलाई उनीहरुकै भाषामा सेवा दिई पर्यटकको संख्या बढाउन उनले सुझाव दिए ।

आर्थिकरुपमा तीव्रगतिले विकास गरिरहेको चीनले विश्वबजारमा आफ्नो हिस्सा बढाउँदै गएकाले चिनियाँ भाषाको महत्व विश्वभर बढ्दै गएको उल्लेख गर्दै साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष धु्रव पौडेलले चिनियाँ भाषा नसिकेकै कारण पोखराका स्थानीय पर्यटन व्यवसायीले चिनियाँ पर्यटकबाट गर्न सक्ने आम्दानी गुमाउँदै गएको बताए ।

कुल ८० घण्टा अवधिको चिनियाँ भाषाको आधारभूत कक्षामा ८० भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ । भाषा प्रशिक्षणका लागि काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटले दुईजना व्यावसायिक चिनियाँ शिक्षकको व्यवस्था गरेको छ ।

पुरा पढ्नुहोस

पोखरा

लमजुङको भाग्यमानी भैरव मावि, विद्यालयलाई चिन सरकारको ८० करोड लगानी

डीएनबी

पोखरा न्युज, ०९ माघ –

भौतिक पूर्वाधारको हिसावले कमजोर र भूकम्पले हल्लाएको लमजुङको एक सामुदायिक बिद्यालय अन्य बिद्यालयको तुलनामा भाग्यमानी बिद्यालय ठहरिएको छ।

भूकम्पले एक भवन क्षति पु¥याएपछि अन्य कक्षा कोठासमेत जीर्ण भएपछि बिद्यालयलाई नयाँ रुप दिन मित्र राष्ट्र चीन सरकारबाट देशकै नमूना बिद्यालयको रुपमा लगानी गरिएको छ। चुहिने टिनको छानामा अध्ययन गर्दै आएका लमजुङको राइनास नगरपालिका वडा ९ स्थित मोहिरियाकोटको भैैरव माविका बिद्यार्थीहरुले अब कम्तिमा डेढ बर्षपछि देशकै नमूनाको रुपमा निर्माण हुने नयाँ भवनमा अध्ययन गर्न पाउने भएको बिद्यालयका प्रधानाध्यापक राजेश्वर ढकालले बताए। चीन सरकारले नेपालकै नमूना बिद्यालय स्थापना गर्न करिब ८० करोड रुपैयाँ भन्दा बढी लगानी गर्ने भएको प्रधानाध्यापक ढकालले जानकारी दिए।

आवासियसहितको कक्षा १२ सम्म कक्षा संचालन गरी कक्षा कोठा, पुस्तकालय, संयुक्त कक्षा कोठा, प्रयोगात्मक कक्ष, अध्ययन–कला–संङ्गीत कक्ष, कम्प्युटर कक्ष, शिक्षक कक्ष, कार्यालय, चमेनाघर, शौचालय, खेल मैदान लगायतका संरचना निर्माण हुने भएको बिद्यालयका प्रधाानाध्यापक ढकालले बताए। दुर्गम क्षेत्रका बिद्यार्थीहरुको गुणस्तरिय शिक्षामा विकास गराउने उद्देश्यले चीन सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको हो।

लमजुङका जिल्ला शिक्षा अधिकारी भिमसेन धामी, प्राविधिक शुबोचन गुरुङ, तत्कालीन सार्क महासचिव अर्जुनबहादुर थापा लगायतको पहलबाट चीन सरकारले लमजुङको भैरव माविलाई छनोट गरेको ढकालले बताए। उक्त बिद्यालयको भवन ८ रोपनी क्षेत्रफलमा निर्माण हुदैछ। चाइनिज राजदूतले भवन बनेपछि नेपालमै नपाउने सेवा सुबिधासहितको अत्याधुनिक भवन हस्तान्तरण गर्ने बचन दिएको प्रधाना ध्यापक ढकालले सुनाए।

ठेकेदार, ईञ्जीनियर, कामदार, निर्माण सामाग्रीदेखि अधिकांश भवन निमाएणमा प्रयोग हुने बस्तुहरु चीनबाटै प्रयोग भएको प्रधानाध्यापक ढकालले बताए। सिमित नेपाली मजदुरहरुले मात्र रोजगार पाएको उनले जनाए। सरकारी ईञ्जीनियरले गरेको भन्दा केही फरक ढङ्गले धेरै मजबुत हुनेगरी भवनको निर्माण हँुदै गरेको उनले जनाए। विगत ९ महिलादेखि दैनिक ७० जना भन्दा बढी कामदारले उक्त परियोजनामा काम गर्दै आएको स्थानीयले बताए। २० कोठे अस्थायी भवनमा हाल कामदारहरु बस्ने गरेका छन्।

उक्त योजनका दोभासे सिद्धार्थ शाक्य विगत ९ महिलादेखि उक्त योजनामा आवद्ध छन्। एउटा ठूलो भवनसहित तीनवटा भवन बन्ने भएको उनले जनाए। उनका अनुसार उक्त योजनामा हाल ४० जना चाइनिज, ३० जना नेपाली कामदार छन्। भवनको निर्माण सकेर सन् २०१९ को जुन २५ तारिकभित्र विद्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको भएपनि आगामी एक बर्षभित्रै सकिने गरी काम तीव्र गतिमा भइरहेको शाक्यले बताए। करिब एक बर्ष अघिदेखि उक्त योजना सुरु भएको हो । चारतले पक्की भवनमा ६५ कोठा बन्ने भएको शाक्यले जनाए। र्भुँइतलामा १४ वटा कोठा, पहिलो तलामा १४ कोठासहित दुइवटा सभाहल, दोश्रो तलामा २० कोठा, तेश्रो तलामा २२ र चौथो तलामा १५ वटा कोठा बन्ने भएको हो।

चीनले नेपालमा १० उत्कृृष्ट नमूना बिद्यालय बनाउने घोषणा गरेसंगै हिलमाली भागमा दुइवटा बिद्यालयहरु निर्माण गर्ने भएको छ। जस अन्तरगत लमजुङमा भैरव मावि र सिन्दुपालचोकको ब्रम्हाची गाविस–९ स्थित रत्नराज्य माविको भवन रहेको छ। रत्नराज्य मावि ८१ करोडको लागतमा निर्माण कार्य हाल तीव्र गतिमा काम भइरहेको समाचार छ।

जस्ताले वारेको धुलाम्मे कक्षा कोठामा हाल पठनपाठन हुँदै आएको प्रधानाध्यापक ढकालले बताए । ‘एउटा कक्षा कोठामा पढाउँदा अर्को कक्षामा समेत असर पर्न जान्छ,’ उनले भने, ‘हामीले साेंचेभन्दा ठूलो योजना हामीलाई परेकोले अब यहाँको व्यवसायिक शिक्षामा हाम्रो थप चुनौती थपिएको छ। अबको शिक्षा व्यवसायिक, व्यवहारिक शिक्षामा हाम्रो जोड हुनेछ।’

स्थानीय बुद्विजीवी राजनीतिक कार्यकर्ता, स्थानीयको सहयोगमा रोजगार व्यवसायिक शिक्षामा अघि बढाउने बिषयमा बृहत् छलफल गरी उनीहरुबाट राय सल्लाह तथा सुझाव लिएर आफूहरुले योजना बनाउने प्रधानाध्यापक ढकालले जनाए। जलश्रोत, कृषि, पर्यटन लगायतका क्षेत्रमा लमजुङ धेरै सम्भावना भएको उनले सुनाए।

२०१४ सालमा स्थापना भएको उक्त बिद्यालय २०३३ मा निम्नमाध्यामिक बिद्यालय र २०५३ सालदेखि माविमा स्तरोन्नती भएको प्रधानाध्यापक ढकालले बताए । हाल विद्यालयमा २ सय ७५ जना बिद्यार्थीहरु रहेकोमा दुई तिहाई छात्राहरु रहेका छन। भूकम्पले विद्यालयको एक भवन क्षतविच्छेद बनाएको थियो।

पुरा पढ्नुहोस
Advertisement

छापावाल सुन प्रतितोला५६०००/-
तेजाबी सुन प्रतितोला५५७००/-
चाँदी प्रति तोला७८५/-
Advertisement pokharanews ad
Advertisement

धेरै पढिएको